आगलागीमा एकको मृत्यु, एक घाइते

२७ फागुन, रामेछाप ।  रामेछापको साँघुटार बजारमा मंगलबार राति आलगलागी हुँदा १ जनाको जलेर मृत्यु भएको छ । आगलागीमा परी अर्का एक गम्भीर घाइते भएका छन् । आललागीबाट २ वटा घरहरु जलेर नष्ट भएका छन् ।
स्थानीय राजकुमार श्रेष्ठले दिएको जानकारी अनुसार होटल सहित रहेको हरिबहादुर श्रेष्ठको घरमा मंगलबार राति १० बजेतिर आगलागी भएको थियो । आगलागीमा परि होटलमा बास बसेका सिन्धुलीको पोखरे- ७ का पुष्पलाल नेपालीको जलेर मृत्यु भएको छ । आगलागिमा परि उनीसँगै बास बसेका  धनबहादुर विक जलेर गम्भिर घाईते भएका छन् ।
हरिबहादुर  घरबाट निस्किएको आगोले नजिकैका गणेशबहादुर श्रेष्ठको समेत घर जलेको थियो । होटलमा बास बसेका २ जना पाहुनाहरु होटलको सबैभन्दा माथिको तलामा सुतेका र परिवारका सदस्यहरु भुईँतलामा टेलिभिजन हेरी रहेकोबेला एक्कासी घरको छानाबाट आगोको मुश्लो निस्किएको थियो ।
आगो लागेको थाहा पाएपछि परिवारका सदस्यहरु बाहिर निस्किएका थिए । बास बसेका विक पनि आगोले जलेको अवस्थामा घरबाट हामफालेर बाहिर निस्किएका थिए । तर नेपालीको भने घर भित्र नै जलेर मृत्यु भएको थियो । आगो एक घण्टा पछि स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका थिए । स्थानीय र प्रहरीको अथक प्रयासले आगो अन्त्र फैलन भने नपाएको श्रेष्ठले बताए ।
रामेछाप र ओखलङ्गाको सिमानामा रहेको साँघुटार बजार रामेछापको पुरानो बजार हो । बजारमा एक आपसमा जोडिएका घरहरु भएका कारण आगलागि सुरु भएपछि स्थानीयमा ठूलो त्रास फैलिएको थियो । आलगालगिको समयमा हावा चलेको भए सिङ्गो बजार नै जल्न सक्ने खतरा भएको कारण स्थानीयहरु त्रस्त भएका थिए । आगलागी हुँदा घर भित्र रहेको खाना पकाउने ग्यास विष्फोटन भए पछि भत्किएको घरको ढुङ्गामाटोले आगोलाई केही कम गरेपछि स्थानीयलाई आगो नियन्त्रण लिन सहयोग पुगेको थियो ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.