एक जनाको टाउको अर्कोको शरिरमा जोडिदै


एक जना शल्य चिकित्सकले टाउको प्रत्यारोपण (एक जनाको टाउको अर्काको शरीरमा जोड्ने) भएका छन्  । यो  विश्वकै नौलो शल्यक्रिया हुनेछ ।
इटलीयन सर्जन सेर्गियो कानाभेरोले सन् २०१३ मा मानव टाउको प्रत्यारोपण गर्न सकिने बताएका थिए । उनले २ वर्षको अनुसन्धान पछि टाउको प्रत्यारोपण गर्ने औपचारिक घोषणा गर्ने भएका छन्  । उनले आगामी जुनमा अमेरिकामा हुन लागेको अमेरिकन एकेडेमी अफ न्युरोलोजीकल एण्ड अर्थोपेडिकको वार्षीक साधारण सभामा आफुले सन् २०१७ भित्र टाउको प्रत्यारोपण गर्ने औपचारिक घोषणा गर्ने छन् ।
न्युज साइन्टिष्ट अनलाइनमा जनाइए अनुसार सो साधारण सभामा उनले प्रत्यारोपणमा हालसम्म भएका अनुसन्धानबारे लेक्चर पनि दिनेछन् । सो समाचारअनुसार यस्तो प्रत्यारोपणले मल्टि अर्गान क्यान्सर भएका बिरामीहरुको ज्यान जोगाउन सकिने विश्वास गरिएको छ । यो प्रत्यारोपणमा टाउको स्वस्थ रहेको तर मल्टि अर्गान क्यान्सर भएका बिरामीमा मस्तिष्क मृत्यु भएका मानिसको शरीर ल्याएर जोडिने छ । यो प्रत्यारोपणमा मेरुदण्ड भित्र हुने मुख्य नसाको नली जोड्न सबैभन्दा गाहे हुने बताइएको छ । यहीकारण धेरै वैज्ञानीक शल्य चिकित्सकहरुले टाउको प्रत्यारोपण गर्न असम्भव हुने बताएका छन्  ।
तर, एक महिना अघि कानाभेरोले यो प्रक्रिया सम्भव हुने चित्राङ्कन गरेर सम्भव हुनसक्ने देखाएका छन् ।  । उनले प्रयारोपणमा पहिला अक्सिजन बिना कोषहरु लामो समय बाँचुन भन्नका लागि ग्रहण गर्नेको टाउको र डोनरको शरीरलाई चिसो बनाएर राख्नेछन् । त्यसपछि उनले घाँटीको तन्तुहरुलाई काटेर मुख्य रगतको नलीमा जोड्ने छन् । त्यसपछि उनले मेरुदण्डको मुख्य नलीलाई निकै धारीलो हतियारले काट्ने छन्  । त्यो काट्नका हिराले बनेको हजारौं गूणा तिखो हतियार प्रयोग  हुनेछ ।
मेरुदण्डको मुख्य नसालाई जोड्न पोलिथाइलिन ग्लाइकोल रसायनको प्रयोग गर्नेछन् । त्यसपछि प्रत्यारोपीत बिरामीलाई तिनदेखि चार हप्ता कोमामा राखिने छ । उनको विश्वास छ, बिरामी त्यसपछि आफ्नै श्वरमा बोल्नेछ र एक वर्षमा आफै हिड्न सक्नेछ । ‘यदी समाजले यस्तो शल्यक्रिया अश्विकार गरे गर्ने छैन’ कानाभेरो भन्छन,  ‘तर, यो शल्यक्रिया अमेरिका वा युरोपका मान्छेले चाहदैनन् भन्दैमा अन्य मुलुकमा गर्न सकिन्छ ।’
यसअघि सन् १९५४ मा रसियाका सर्जन भ्यालिदिमिर मेमिकोबले कुकुरमा टाउको प्रत्यारोपण प्रयास गरेका थिए । प्रत्यारोपणको केही दिनमा कुकुरको मृत्यु भएको थियो ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.