
गत वर्षको परीक्षामा ३ हजार ६०० उतीर्ण भएका थिए । यो वर्षको परीक्षामा कृषि क्षेत्रतर्फ करिब २२ सय र औद्योगिक क्षेत्रतर्फ करिब ४९ सय नेपाली युवा उतीर्ण हुने ईपीएस सेन्टर नेपालले जनाएको छ ।
ईपीएसमार्फत १५ मुलुकबाट कोरिया जाने गर्छन् । कोरियामा कार्यरत नेपालीमध्ये ४.५ प्रतिशत अवैध छन् ।यो वर्षको भाषा परीक्षाको फर्म वैशाख ३ देखि ६ गतेसम्म संकलन हुनेछ । काठमाडौ उपत्याकामा ४ केन्द्र तथा धरान, बुटवल, पोखरा, डडेलधुरा र धनुषाको जनकपुरबाट पनि र्फम वितरण हुनेछ । परीक्षा केन्द्र काठमाडौ उपत्यका र पोखरामा हुनेछन् । नेपाल र कोरियाबीच सन् २००७ मा द्विपक्षीय श्रम सम्झौता भई सन् २००८ बाट कामदार जान सुरु भएको हो । हालसम्म करिब २८ हजार युवा ईपीएसमार्फत कोरिया पुगिसकेका छन् ।