वर्षेनी आगलागीबाट फुङलिङ बजारमा ठूलो क्षति हुने गरेका कारण सदरमुकामको टोल सुधार समिति र अस्थायी प्रहरी चौकी व्यवस्थापन समितिको अगुवाइमा मैनवत्ती, मट्टीतेलबाट बल्ने टुकी र दाउरामा रोक लगाइएको हो ।
फुङलिङ बजारलाई मैनबत्ति बिक्री तथा प्रयोग मुक्त क्षेत्र बनाउन ताप्लेजुङ उद्योग बाणिज्य संघलाई आग्रह गरिने भएको छ ।
काठले पटाइ गरिएको घरको माथिल्लो तलामा कोइला आइरन प्रतिवन्ध गर्ने, डेरामा बसेका मानिसले प्रयोग गर्ने ज्वलनशील वस्तुको नियमित अनुमगन घरधनीले गर्नुपर्ने र दोस्रो तल्लादेखि माथिको भागमा भुसे चुल्हो प्रयोग गर्न नपाइने स्थानीयले नियम बनाएका छन् । यसअघि भएको आगलागीका कारण सदरमुकामका ४० घरधनीका ४४ घर जल्दा ४४ करोड बढीको क्षति भएको थियो ।