.jpg)
धरान ४ स्थित मोडल कलेजमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
स्नातक तृतीय वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई पत्रकारिताको व्यवहारिक उपयोगीताको बारेमा गराईएको अभिमुखीकरण कार्यक्रमा प्रशिक्षक ब्लाष्ट टाईम्स दैनिकका कार्यकारी सम्पादक राजेश विद्रोहीले सञ्चार, आमसञ्चार, पत्रकारिता, यसको व्यवहारिक प्रयोग, समाचार लेखनको बारेमा जानकारी दिएका थिए । पत्रकारिताका नाममा अहिले गलत व्यक्तिहरुले फाईदा लिईरहेको पनि विद्रोहीले वताएका थिए । पत्रकारिताका शिक्षक प्रा.डा भीम खतिवडाले यस्तो कार्यक्रमले विद्यार्थीमा थप हौसला पुग्ने र पत्रकारिता प्रतिको धारणा परिवर्तन हुने वताएका छन् । नेपाली विभाग प्रमुख विष्णु खतिवडाले पत्रकारिता नौलो विषयका रुपमा पाठ्यक्रममा भएको र यो अभिमुखीकरले विद्यार्थीको परीक्षामा थप सहयोग पुर्याउने वताएका छन् ।
.jpg)