चुनावमा झडप, दुईको मृत्यु

९ चैत, जनकपुरधाम । विद्यालय व्यवस्थापन समितिको चुनावलाई लिएर भएको विवादमा धनुषामा दुई जनाको मृत्यु भएको छ ।
सबैला नगरपालिका एकमा रहेको मदन आश्रित निमाविको व्यवस्थापन समिति चयन गर्न आइतबार उम्मेद्वारी दर्ताको समय तोकिएको थियो । उम्मेद्वारीका लागि २५ हजार रुपैयाँको धरौटी रकम तोकिएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्षमा नेपाली कांग्रेस, एमाओवादीसहितका दलहरु एकातिर छन् भने एमाले विपक्षी बनेको छ ।
उम्मेद्वारी दर्ताको अघिल्लो रात संयुक्त भेला भइरहेको स्थानमा एमाले कार्यकर्ताले आक्रमण गरेको नेकपा (माओवादी)का संयोजक मात्रिका यादवले आरोप लगाए । उनका अनुसार आक्रमणमा परी गम्भीर घाइते भएका ४५ वर्षका रामसेवक राउतको उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको छ ।
प्रहरीका अनुसार दुईपक्षबीच राति पनि झडप भएको थियो । स्थानीयले गोली चलेको समेत बताएका छन् । घटनामा ४२ वर्षका रामप्रकाश यादवको मृत्यु भएको छ । उनलाई चार गोली लागेको छ ।
घटनामा दुई जना गम्भीर घाइते भएका छन् । एकको शिक्षण अस्पतालमा र अर्काको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.