लुकाएको ३० लाख रुपैयाँमा श्रीमतीले आगो झोँसिदिइन्


मानिसहरु आफ्नो घरमा चोरीको डरले पैसा बैंकमा राख्छन् र घरमै राख्न परेपनि पनि लुकाइ छिपाइ राख्छन् । मानिसहरुले चोरी वा अन्य डरले विभिन्न तरिकाबाट पैसा लुकाउने गर्छन् र त्यसरी लुकाइएको पैसा कहिलेकाहीँ मुसाले काटिदिएको, हावाले उडाइदिएको, धमिराले धुलैधुलो बनाइदिएको भन्ने जस्ता समाचार समेत सुन्नमा आउँछन् ।
चीनमा एक व्यक्तिले चोरीको डरका कारण आफ्नो धन लुकाउनु निकै महंगो परेको छ । ती व्यक्तिले जतन गरी लुकाएको पैसा उनकै श्रीमतीले आगोमा झोँसिदिइन् र सोही पैसा जलेर बलेको आगोमा चिया पकाएर खाइन् ।
चीनको शाओशानमा बस्ने एक दम्पतीले आफ्नो गल्तीको ठूलो मूल्य चुकाउनुपरेको छ । लोग्नेले आगो नबालेको अवस्थामा चुल्होमा लुकाएको झण्डै ३० लाख रुपैयाँ बराबरको पैसामा श्रीमतीले अज्ञानताबस आगो झोँसिदिइन् । चुल्होमा आगो बाल्दा उक्त पैसा खरानी भयो ।
३५ वर्षका ती बेंग नामका पुरुषले आफ्नो निर्माण कम्पनीमा काम गर्ने मजदूरहरुलाई तलब दिनका लागि बैंकबाट एक दिन पहिले नै रकम झिकेर घर ल्याए । चोरी हुने डरले बेंगले उक्त रकम आगो आगो नबालिएको चुल्होमा लुकाए ।
आफुले चुल्होमा पैसा लुकाएको कुरा उनले आफ्नी श्रीमती हाओलाई समेत सुनाएका थिए । तर अर्को दिन बेंगकी पत्नीले चिया पकाउँदा चुल्होमा पैसा लुकाएको कुरा भुलिन् र उक्त पैसा ननिकालिकनै चुल्होमा आगो बालिन् । जब उनलाई चुल्होमा पैसा रहेको कुराको सम्झना भयो, त्यस बेलासम्म निकै ढिला भैसकेको थियो र रकम सबै जलिसकेको थियो ।
अलिकति बचेखुसेका नोटका टुक्रा लिएर बैंकमा सहटी गर्न गएपनि बैंकले नोट धेरै जलिसकेको भन्दै सटही गरेर नयाँ नोट दिन अस्विकार गरेपछि बेंग ठूलो आर्थिक भारमा परेका छन् ।
[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.