पूर्व क्षेत्र ट्राफिक विवरण


मिति २०७१।१२।०२ गते ।
 सुरुमा पूर्व क्षेत्र भरीको सडकको अवस्था
हामिलाई अहिले सम्म प्राप्त जानकारी अनुसार पूर्व क्षेत्रका सवै जिल्लाहरुमा सवारी साधन सुचारु रुपले संचालन भई रहेको छ बन्द, हड्ताल, चक्‍काजाम जस्ता कार्यक्रमको जानकारी प्राप्त भएको छैन ।

अव लागौ सवारी दुर्घटना तर्फ  दुर्घटना न्यूनिकरणको लागि सचेतनामुलक कार्यक्रम संचालन गर्दा गर्दै पनि विगत २४ घण्टा भित्र सडकको अवस्था, मौसमको खरावी, चालकको लापारबाही तथा अन्य कारणले गर्दा ४ वटा सवारी दुर्घटना भएको छ । दुर्घटनामा  १ जनाको मृत्यु, २ जना गम्भिर घाईते १ जना सामान्य घाईते  भएका छन । घाईतेहरुको पूर्वका विभिन्न अस्पतालमा उपचार भई रहेको छ । मृत्यु हुनेमा मिति २०७१।१२।०२ गते  अंदाजी १६;३० बजेको समयमा जिल्ला इलाम सयाक ९ स्थित भित्र सडक खण्डमा सयाकछापबाट सयाकनौ तर्फ जादै गरेको मे १ त २३२९ नम्बरको ट्याक्टरले पैदलयात्री सोही ठाउ बस्‍ने ४ को बालक देव मोक्तानलाई ठक्कर दिदा निजको घटना स्थलमै मृत्यु भएको थियो ।

अब लागौ सवारी कारवाही विवरण तर्फ बिगत २४ घण्टा भित्र पुर्ब क्षेत्रमा सवारी नियम उल्लघन गर्ने  ८ सय २५ जना सवारी चालक तथा धनीहरु ट्राफिक कारवाहीमा परेका छन भने १२  जना सवारी चालक मा.प.से. कारवाहीमा परेका छन ।
सवारी दुर्घटना न्यूनिकरणको लागि जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्ने क्रममा आज पनि पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय तथा यस कार्यालय मातहत जिल्लाहरु मोरङ्ग, सप्तरी, सुनसरी, सिरहा, उदयपुर, इलाम, खोटाङ्ग, झापा, ओखलढुंगामा सचेतनामुलक कार्यक्रमहरु संचालन गरिएको थियो ।

  सवारी चालकले आफ्नो सवारीलाई सधै नियन्त्रणमा राख्नुहोस । धेरै दुर्घटनाहरु अन्य सवारीको संलग्‍नता नभई आफ्नो सवारी अनियन्त्रित हुनाले हुन्छन । कहिले काही ब्रेक फेल भएर, तर धेरै जसो बढी गतिले सवारी चलाउदा हुन्छ । आफ्नो सवारीको ब्रेकको सिमा वा मोड्ने क्षमता भन्दा बढी गतिमा नचलाउनुहोस । सुरक्षाको लागि क्षमता भन्दा केही कम गतिमा नै चलाउनुहोस । अगाडीको बाटो कस्तो छ बुझ्‍नुहोस् । सडक चिन्हहरु र अन्य संकेतको लागि सजग भई आफ्नो यात्रा सुरक्षित र आरामदायि बनाउन उपयुक्त गतिमा सवारी चलाउनुहोस । तिब्रगति जिवनको क्षति ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.