पल्पसा क्याफे अब फ्रान्सेली भाषामा

पत्रकार   नारायण वाग्लेको चर्चित उपन्यास पल्पसा क्याफे अब छिट्टै फ्रान्सेली भाषामा उपलब्ध हुने भएको छ । नेपाली भाषाको यो कृति २०६१ सालमा प्रकाशित भएपछि मदनपुरस्कार समेत पाउन सफल भएको थियो । यसलाई नेपाल, भारत र कोरियाबाट २०६४ सालमा अंग्रेजी र २०६७ सालमा कोरियाली भाषामा समेत प्रकाशित गरिसकिएको छ ।
फ्रान्सेली भाषामा अब यसको नाम ले पल्पसा क्याफे लेखिनेछ ।
‘यसको अनुवादका निम्ति अग्रसरता लिइदिने नेपालस्थित फ्रेन्च गाइड सुरज शाक्य र सम्पादनमा संलग्न फ्रान्सेली नागरिक इजावेल लिपिट्सलाई धन्यवाद दिन चाहन्छु,’ उपन्यासकार वाग्ले भन्छन्, ‘साहित्यको कुनै सिमाना हुँदैन र अब पल्पसा फ्रान्सेली घेरामा पनि पुग्न लागेकोमा मलाइ खुशी लागेको छ ।’
स्वस्फूर्त जाँगर चलेर जसोतसो कोरिएको खेश्राले पुस्तकाकार पाउन लागेको देख्दा रमाइलो अनुभूति भइरहेको अनुवादक सुरज शाक्य बताउँछन् ।
पल्पसा क्याफेको प्रकाशनसँगै ‘पब्लिकेशन नेपालय’को यात्रा पनि २०६१ सालबाटै थालनी भएको हो ।
नेपाली पुस्तक बजारमा ‘बेस्ट सेलर’ पल्पसा क्याफे  ५० हजार प्रतिभन्दा बढी नेपाली भाषामा र १० हजारभन्दा बढी अंग्रेजी भाषामा विक्री भइसकेको छ ।
[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.