नेपालमा स्वाइनफ्लुबाट एक महिलाको मृत्यु

स्वाइनफ्लुबाट काठमाडौंमा एक महिलाको मृत्यु भएको छ । काठमाडौंको मोडल अस्पतालमा उपचार गर्दागर्दै काठमाडौं क्षेत्रपाटीकी ५० बर्षीया महिलाको शनिबार मृत्यु भएको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसको आइतबार मात्रै पुष्टि गरेको छ । मृतक महिलाको परिचय गोप्य राखिएको छ ।
उनको आईसीयूमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको बताइएको छ । तर, हामी सँग कुरा गर्दै महाशाखा प्रमुख बाबुराम मरासिनीले भने विस्तृत विवरणको लागि केही समय कुर्न आग्रह गरे  ।
ति महिलामा स्वाइन फ्लु भएको भनेर अस्पतालले गत विहीबार पुष्टि गरेको थियो । रुघा लाग्ने, टाउको दुख्ने, स्वासप्रश्वासमा समस्या भएपछि उनलाई १५ दिनअघि अस्पताल भर्ना गरिएको थियो ।
भारतमा महामारीको रुपमा फैलिएको स्वाइनफ्लु संक्रमित विरामीको संख्या नेपालमा झण्डै ३० पुगिसकेको छ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.