

स्थानीय मानिस तथा संचारमाध्यमहरुका अनुसार एक एक जादूटुना गर्ने महिलाले आफ्नो जादुमन्त्रले गर्दा यसरी योनीमा लिंग अडि्कएको जिकिर गरेकी छिन् । ती जादु गर्ने महिलाको दाबी अनुसार आफ्नी श्रीमती नगमाको बानीप्रति उनका लोग्ने निललाई पहिलेदेखि नै शंका लागेको थियो । तर प्रमाण नभैकन केही भन्नसक्ने अवस्था थिएन । त्यसैले उनी आफ्नी स्वास्नीलाई रंगेहात पक्रन चाहन्थे । निलले ती जादुगर महिलालाई सम्पर्क गरेछन् । त्यसपछि ती जादुगरले निललाई एउटा मन्त्र दिइछन् । सोही कारण आफ्ना लोग्नेलाई धोका दिएर परपुरुषसँग यौनक्रिडा गर्दाको बखत नगमाको योनीमा युवकको लिंग अडि्कयो र नगमाको लोग्ने घरमा नआउन्जेल अडि्कएको गुप्तांग छुटि्टएन ।
नगमाकी छिमेकी पि्रस्किलाका अनुसार सुरुमा नगमा बस्ने फ्लाटबाट केही आवाज आयो, यौनक्रिडामा लिप्त भएर दुवैजनाले आवाज निकालिरहेका थिए । केही बेरपछि भने उनीहरुले गुहार माग्न थाले । ढोका खोलेर हेर्दा नगमाको अवैध प्रेमी उनीमाथि सुतिरहेको थियो र दुबैजना सहयोग माग्दै रोइरहेका थिए ।
प्रहरीका अनुसार नगमाको घरको त्यो तमासा हेर्नका लागि वरपरका २ हजार मानिस जम्मा भए । त्यसपछि एउटा एम्बुलेन्स बोलाइयो र दुबैजनालाई अस्पताल पुराइयो । डाक्टरहरुले अडि्कएका गुप्तांग छुट्टाए । डाक्टरहरुका अनुसार कहिलेकाहीँ सम्भोगका बेला अपवादको रुपमा यस्ता घटना हुने गर्छन् । महिलाको यौनांगको भित्री भाग घश्रणका कारण कहिलेकाहीँ बाँगो हुने तथा खुम्चिने कारणले गर्दा त्यहाँसम्म घुसेको पुरुष यौनांग अडि्कन पुग्छ ।