
अरुले फोटो ट्याग गरेर हैरान पार्ने गरेको छ र त्यसबाट छुटकारा पाउन चाहनुहुन्छ भने त्यसको उपाय छ । तपाइँले आफुलाई अरु कसैको तस्वीरमा ट्याग हुनबाट बचाउन सक्नुहुन्छ । त्यसका लागि फेसबुकको अटोट्यागिङ फिचरलाई निस्तेज पार्ने विधि यस्तो छ-
१. फेसबुकको सेटिङ परिवर्तन गर्नका लागि आफ्नो फेसबुक अकाउण्ट लगइन गरिसकेपछि दाया भागको माथि पट्टि डाउन एरोमा क्लिक गर्नुहोस् । त्यसपछि सेटिङ अप्सन सेलेक्ट गर्नुप्र्छ ।
२. सेटिङ अप्सनमा क्लिक गरिसकेपछि देखापर्ने पेजको बायाँपट्टि केही अप्सनहरु देखापर्छन् । ती अप्सनमध्ये टाइमलाइन एण्ड ट्यागिङ अप्सनमा क्लिक गर्नुहोस् ।
३. टाइमलाइन एण्ड ट्यागिङमा क्लिक गरिसकेपछि ३ वटा अप्सनहरु देखा पर्छन् । त्यसमध्ये तेश्रो अप्सन How can I manage tags people add and tagging suggestions मा जानुहोस् । उक्त अप्सनमा समेत तिनवटा विकल्प हुन्छन् । त्यसमध्ये Who sees tag suggestions when photos that look like you are uploaded नामक अप्सनको दायाँपट्टि रहेको Edit लिंकमा क्लिक गर्नुहोस् ।
४. त्यसपछि विस्तृत विवरण सहितको पेज देखा पर्नेछ । त्यहाँ रहेको अप्सनमध्ये ] No-one अप्सन छनोट गर्नुहोस् । त्यसपछि दायाँपट्टि माथिल्लो भागमा रहेको क्लोज अप्सनमा क्लिक गर्नुहोस् । अब सेटिङ परिवर्तन भएर No-one सुरक्षित हुनेछ ।
तत् पश्चात तपाइँ आफ्नो फेसबुकको मुख्य वालमा गएर काम गर्न सक्नुहुन्छ । तपाइँलाई अब कुनै साथीको तस्वीर ट्याग गर्न खोज्दा तपाइँको नाम उसको ट्यागिङ अप्सनमा देखा पर्नेछैन । यसबाट तपाइँ अनावश्यक ट्यागिङबाट बच्नुहुनेछ ।