जेट विमान आकाशमै ठोक्किए

मलेसियामा भइरहेको एउटा एयर शोको तयारी गरिरहेका दुई जेट विमान आपसमा ठोक्किएका छन् ।
अधिकारीहरुका अनुसार इन्डोनेसियन टिमको दुई विमानको पंखा आपसमा ठोक्किएर यो घटना भएको हो । विमानमा रहेका चारै जना पाइलट भने समयमै सुरक्षित रुपमा बाहिर निस्कन सफल भएका छन् ।
मलेसियन सैन्य अधिकारीले बताएअनुसार विमान नियन्त्रणबाहिर गएपछि पाइलट प्यारासुटको सहयोगमा विमानबाट हामफालेका थिए । यस विषयमा संचार माध्यमसँग कुरा गर्ने अधिकार नभएका कारण अधिकारीहरुले आफ्नो नाम बताउन अस्वीकार गरेका छन् ।
यो दुर्घटनामा कसैको मृत्यु वा घाइते नभएको बताइएको छ। यद्यपि विमानको टुक्रा भुँइमा खस्दा एउटा गाडी र एउटा घरमा आगो लागेको छ।
चारै जना पाइलटलाई भने लंकाभीस्थित एउटा अस्पतालमा भर्ना गरिएको छ। मलेसियाका रक्षामन्त्री हिशामुद्दिन हुसैनले अस्पतालमा पाइलटसँग भेट गरेपछि भनेका छन्–धन्य छ कि चारै जना पाइलट सुरक्षित छन् । उनीहरुको हौसलामा कुनै कमी आएको छैन ।
लंकाभीमा हुने अन्तर्राष्ट्रिय मेरिटाइम एण्ड एयरोस्पेस प्रदर्शनीमा भाग लिइरहेका पाँच टिममध्ये इन्डोनेसियाको टिम पनि संलग्न थियो । यो प्रदर्शनी १७ देखि २१ मार्चसम्म हुनेछ । 
[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.