एसिड अाक्रमणकारी युवक पक्राउ

६ चैत, । बसन्तपुरमा ट्युसन पढिरहेकी किशोरी संगीता मगर र सीमा बस्नेतमाथि एसिड आक्रमण गर्ने युवक पक्राउ परेका छन् । जीवन बिक नाम गरेका २० वर्षीय युवक पक्राउपछि प्रहरीद्वारा अायोजित पत्रकार सम्मेलनमै बेहोस भएर ढलेका छन् ।
शुक्रबार रानीपोखरीस्थित प्रहरी प्रभागमा एसिड अाक्रमणकारीलार्इ सार्वजनिक गर्न प्रहरीले पत्रकार बोलाएको थियो । अाक्रमणकारी भनिएका बिक पत्रकार सम्मेलनमै मुर्छा परेर ढलेपछि उनलार्इ तत्काल अस्पतालतर्फ दाैडाइएको छ ।
प्रहरीले धेरै दिनकाे खाेजीपछि अन्ततः संगीताका परिवारजन डेरा गरी बस्ने घरमै डेरा लिएर बसेका बिकलार्इ समातेकाे हाे । उनलाई आजै बिहान ११ बजे रानीपाेखरी स्थित महानगरीय प्रहरी प्रभागमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।
फागुन १० गते एसएलसी परीक्षाको तयारीमा रहेको दुई किशोरी संगीता र सीमामाथि ए प्लस ट्युसन सेन्टरमा शिक्षकलाई पर्खिरहेको अवस्थामा एसिड आक्रमण भएको थियो ।
पक्राउ परेका बिक संगीता मगर बस्ने घरमै डेरा गरी बस्ने युवक हुन् । संगीताले प्रहरीलाई दिएको बयानमा पनि आफ्नै घरमा बस्ने जीवनले आफूलाई बेलाबेला जिस्काउने गरेको बताएकी थिइन् ।
तपाईलाई कसैमाथि शंका छ भन्ने प्रश्नमा संगीताले भनेकी थिइन्-‘माथिको दाई म भन्दा ठूलो थियो । तै पनि मलाई जिस्काइ राख्थ्यो । पछि लागेर आउँथ्यो । उसको नाम जीवन हो ।’  एभिन्यूज टीभीलाई दिएको अन्तरवार्तामा उनले जीवनले आफू विहान कराते सिक्न जाने बेलामा पछि लागेर सिठ्ठी बजाउने गरेको र झगडा पनि भएको बताएकी छन् ।
संगीताकी आमाका अनुसार सुरुमा जीवनले संगीतासहित घरमा भएकाहरुलाई पढाउने भनेका थिए । केही दिन पढेपछि संगीताले जान मानिनन् । त्यसपछि जीवनले बेलाबेला संगीतालार्इ जिस्काउने गरेका थिए ।
उनले भनिन्  -मेरो नानीले पहिले पनि ममी त्यो जीवन दाइले जिस्काउँछ भन्यो । मैले किन जिस्काएको भनेर उसको कोठामा कराउँन गएँ । उसले हैन मैले केही भनेको छैन । त्यो फुच्ची सानो मान्छे भएर ठूलो मान्छेसँग कसरी बोल्नुपर्छ भनेर थाहा छैन भन्यो ।’
संगीताले त्यसबारे घरमा भनेपछि उनको परिवारले जीवनको परिवारलाई त्यसबारे सजगसमेत गराएका थिए ।
एसिड आक्रमणमा संगीता र सीमा बस्नेत घाइते भएकी छिन् । केएमसी अस्पतालमा उपचाररत संगीताको अवस्था केही गम्भीर छ । उनी सहयोगीमार्फत एसएलसी परीक्षा दिइरहेकी छन् ।
वीर अस्पतालमा उपचाररत सीमाले भने आफैंले परीक्षा दिइरहेकी छन् ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.