बालकको ट्रकले किचेर मृत्यु

रुकुमको खलंगामा होली खेल्दै गरेका एक बालकको ट्रकको ठक्करबाट मृत्यु भएको छ । लु १ ज ५३२२ नम्बरको मालवाहक ट्रकले खलंगाको त्रिवेणी चोकमा ठक्कर दिँदा रुकुम रुघा ७ का १३ वर्षीय नवराज घर्तीको मृत्यु मृत्यु भएको हो ।
विहीबार बिहान ८ बजे होली खेल्दै गरेका घर्तीलाई दाङ तुल्सीपुरबाट सामान लिएर आएको ट्रकले ठक्कर दिएको थियो । तिव्र गतिमा आएको ट्रकले बालकलाई किचेर मारेको प्रत्यक्षदर्शीले बताएका छन् ।
बालकलाई किचेर भाग्न खोजेका चालक मिनराज पुनलाई जिल्ला प्रहरी कार्यालय रुकुमले नियन्त्रणमा लिएको छ ।
बालकका आफन्त र स्थानीयले दोषीलाई कडा कारवाही तथा मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग गर्दै घटनास्थलमा विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि स्थिति तनावग्रस्त भएको छ ।
प्रहरी घटनास्थलमा मुचुल्का उठाएर ट्रक नियन्त्रणमा लिन खोज्दा प्रदर्शनकारीले ढुंगा हानेपछि झडप सुरु भएको थियो ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.