अब याहु मेलको अकाउण्ट पासवर्डबिनै खुल्ने

 तपाइँलाई आफ्नो याहु अकाउण्टको पासवर्ड सम्झिनुपर्ने आवश्यकता रहनेछैन । किनकी याहुमेलको अकाउण्ट लगइन गर्नका लागि तपाइँलाई पासवर्डको आवश्यकता पर्नेछैन निकट भविष्यमै ।
पासवर्ड सम्झिनैपर्ने बाध्यताबाट प्रयोगकर्तालाई मुक्ति दिलाउनका लागि याहुले एक नयाँ अन डिमान्ड पासवर्ड प्रणाली लागु गरेको छ । यसको माध्यमबाट प्रयोगकर्ताले आफ्नो याहु अकाउण्टलाई कुनैपनि बेला व्यक्तिगत रुपमा सिर्जिन युनिक कोड अर्थात् इन्डिभिजुअल्ली जेनेरेटेड युनिक कोडका माध्यमबाट लगइन गर्न सक्नेछन् । यो कोडलाई याहुले प्रयोगकर्ताको मोबाइल फोनमा टेक्स्ट म्यासेज गरेर पठाइदिन्छ । यसले टू फ्याक्टर अथेन्टिकेसन जस्तै गरी काम गर्नेछ ।
याहाुका प्रमुख सूचना सुरक्षा अधिकृत एलेक्स स्ट्यामोसले आइतबार साउथवेष्ट इन्टर्याक्टिभ फेस्टिवलको अवसरमा यो सेवाको बारेमा जानकारी गराएका थिए ।
याहुका प्रडक्ट म्यानेजमेन्ट फर कन्जुमर प्लाटर्फमका उपाध्यक्ष डाएलेन केसीका अनुसार पासवर्ड अन्त्य गर्ने दिशामा यो पहिलो कदम हो ।
आफ्नो याहुमेलमा यो फिचर एक्टिभेट गर्नका लागि सुरुमा आफ्नो खास पासवर्ड राखेरै याहु अकाउण्ट लगइन गर्नुपर्छ । त्यसपछि सेटिंग अप्सनमा गएर अन डिमान्ट पासवर्ड नामक फिचर एक्टिभेट गर्ने सेटिंग देखिनेछ । त्यहाँ आफ्नो फोन नम्बर प्रदान गर्नुपर्छ ।
त्यस प्रकार उक्त फिचर एक्टिभेट गरेसँगै फेरी याहुमेल लगइन गर्दा पासवर्ड लेख्नुपर्ने ठाउँमा एउटा बटन देखापर्नेछ । जसमा Send My Password  लेखिएको हुन्छ । उक्त बटनमा क्लिक गरेसँगै प्रयोगकर्ताले दिएको फोन नम्बरमा याहुले ४ अक्षरवाला कोड पठाउनेछ । उक्त कोडलाई त्यस ठाउँमा हालेर याहु अकाउण्ट लगइन गर्न सकिन्छ । एक ब्लगमा याहुले यो फिचर कसरी सेटअप गर्ने भन्ने जानकारी दिएको छ ।
विश्लेषकहरुका अनुसार प्रयोगकर्ताको अकाउण्टलाई सुरक्षित बनाउने दिशामा यो फिचर निकै महत्वपूर्ण हुनेछ । तत्कालका लागि यो सेवा अमेरिकामा मात्र उपलब्ध गराइएको छ । निकट भविष्यमा विश्वभर नै अन डिमान्ड पासवर्ड फिचर उपलब्ध गराउने याहुको योजना छ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.