कोरियाली स्मार्टफोन निर्माता सामसुङले बिल्कुलै नयाा मोडलको स्मार्टफोन ‘ग्यालेक्सी एस ६’ र ग्यालेक्सी ६ इज’ सार्वजनिक गरेको छ ।
सामसुङ एस सिक्स सेतो, कालो, सुनौलो, निलो र हरियो पााच रंगमा उपलब्ध हुने छ । दुवै फोन ३२, ६४ र १२८ जीवी गरी तीन क्षमतामा उपलब्ध हुनेछन् । अपि्रल १० देखि मुख्य शहरमा बिक्रि सुरु हुने फोनको बजारमा मूल्य भने खुलाइएको छैन् ।
स्पेनको बार्सिलोनामा सोमबारदेखि सुरु मोबाइल बिश्व मेलामा सामसुङले दुईवटा नयाा सेट सार्वजनिक गरेको छ । यसअघि प्लास्टिक कभरयुक्त ग्यालेक्सी फोनको सट्टा नयाा फोनमा आइफोनजस्तै मेटल कभर प्रयोग गरिएको छ ।
सामसुङले सार्वजनिक गरेका नयाा सेटमा धेरै नयाा फिचर ल्याइएको छ भने पुराना केही सुविधाहरु हटाइएको छ ।
जस्तै, अब तपाईले अघिल्ला सेटमा जस्तै ग्यालेक्सी एस ६ फोन खोल्न सक्नुहुन्न, पहिलेजस्तो ब्याट्री निकाल्न सक्नुहुन्न । यो सेरिजमा फोनमा अतिरिक्त मेमोरी कार्ड थप्ने सुबिधा पनि हटाइएको छ । अघिल्ला फोनजस्तो वाटरप्रुफ पनि छैन् । यो मामिलामा सामसुङ अब एप्पलको बाटोमा लागेको छ ।
सामसुङले सार्वजनिक गरेका दुवै मोडलमा उस्तै उस्तै फिचर भएपनि एस सिक्स इजमा छेउपट्टी केही घुमाउरो स्क्रिन छ, जसलाई बेग्लै स्क्रिनका रुपमा चलाउन सकिन्छ । अर्थात, कन्ट्याक्ट, नोटिफिकेसन लगायतका सूचना त्यही घुमाउरो स्क्रिनबाटै थाहा पाउन सकिन्छ ।
सामसुङले स्क्रिन डिस्प्लेमा सुधार गरी निकै सफा र स्मार्ट बनाएको छ । फिंगरपि्रन्टलाई सुधार गरी होम बटनमा समावेश गरेको छ । अब एस ५ जस्तो फिंगर प्रिन्टका लागि स्वाइप गर्नुपर्दैन् ।

के-के छन सुबिधा ?
सामसुङले दुबै फोनमा ५.१ इञ्चको क्वाड एचडी सुपर एमलोड डिस्प्ले प्रयोग गरेको छ । २.१ गीगाहर्ज इक्जाइनस अक्टाकोर प्रोसेसर प्रयोग गरिएको हुँदा स्मार्टफोन उच्च गतिमा चल्नेछ ।
दुबै फोनमा एन्ड्रोइड ५.०.२ ललिपप अपरेटिङ सिष्टम र तीन जीबी र्याम रहेको छ ।
स्मार्टफोनको पछाडि १६ मेगापिक्सेल र अगाडि ५ मेगापिक्सेल क्यामेरा राखिएको छ । जसले कम प्रकाशमा पनि उच्च गुणस्तरको फोटो खिच्न सकिन्छ । दुबै फोनमा क्लिक लञ्च फिचर भएको हुँदा होम बटन थिच्दा ०.७ सेकेन्डमा क्यामेरा खुल्छ ।
एस ६ मा २५५० एमएएच क्षमताको ब्याट्री रहेको छ भने एस ६ एजमा २६०० एमएएच क्षमताको ब्याट्री रहेको छ । यी स्मार्टफोनको सबैभन्दा राम्रो विशेषता भनेको वायरलेस चार्जिङ सपोर्ट हो ।
नेपाली बजारमा चैत अन्तिम सातादेखि एस ६ र एस ६ एज स्मार्टफोन बिक्री वितरण सुरु गर्ने सामसुङ मोबाइलको नेपाली बिक्रेता आइएमएसले जानकारी दिएको छ ।