कागेश्वरी मनहरामा एमाले विजयी, कार्कीलाई अन्तिम समयमा धोका

काठमाडौं, जेठ ८ – काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकाको मेयर र उपमेयर एमालेका उम्मेद्वार विजयी भएका छन् । केही बेरअघि सकिएको मतगणना अनुसार एमालेका कृष्णहरि थापाले नेपाली कांग्रेसका क्षेत्रीय सभापति समेत रहनुभएका उपेन्द्र कार्कीलाई पराजित गर्नुभएको हो । मतगणनाको सुरुदेखि नै अग्रता कामय गर्दै आउनुभएका कार्कीलाई अन्तिम समयमा पराजित हुनुभएको हो । उपमेयरमा पनि एमाले उम्मेद्वार विन्दु सिंखडा निर्वाचित हुनुभएको छ । थापाले ८ हजार ९ सय ६९ मत ल्याउनुभएको छ भने प्रतिद्धन्दी कार्कीले ८ हजार ४ सय ८७ मत पाउनुभएको छ ।

एमालेले १, ३, ५, ६, ८ र ९ वडाका वडा अध्यक्षसहित सबै प्यानल जितेको छ भने कांग्रेसले २, ४ र ७ वडामा विजयी भएको छ । योसँगै मत परिणाम सार्वजनिक भएका काठमाडौंका ९ नगरपालिकामा मध्ये पाँच वटामा एमाले, ४ वटामा कांग्रेस विजयी भएको छ । मतगणना भइरहेको काठमाडौं महानगरपालिका र बुढानिलकण्ठ नगरपालिकामा पनि अहिलेसम्म एमाले अघि छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.