भरतपुर। भरतपुर महानगरपालिका १९ को १८ सय मतगणना सकिएको छ। ६ सयका दरले गणना गर्दै नतिजा सुनाउँदै गरिएको छ। हरेक ६ सय गन्दा मत अन्तरमा खासै उतारचढाव छैन।
१८ सय मत गन्दाको परिणामले देवी ज्ञवाली र रेणु दाहालबीचको मतअन्तर ७ सय ३३ मा झरेको छ।
वडा नम्बर १९ का १८ सय मत गनिसक्दा अब गन्न बाँकी मत १ हजार ६० बाँकी छन्।
२१ वडा गनेर सक्दा मतअन्तर ७ सय ८४ थियो। १९ वडाको १८ सय मत गन्दा त्यो मतअन्तरमा मात्रै ५१ मत घटेको छ। अहिले मतअन्तर ७ सय ३३ भएको छ।
एमालेका देवी ज्ञवालीले यो वडामा रेणु दाहाल र आफूबीच समान मत प्राप्त हुने बताएका थिए। उनले १९ वडामा मतअन्तरको घटुवा नहुने विश्वास सुनाएका थिए।
ज्ञवालीको आकलन फेल त खाएको छ, किनकी कम्तिमा यो वडाले उनले भनेजस्तो बराबर हैन, सय मत घटाउने स्थिति देखिन्छ। तर माअोवादी कांग्रेसले दावी गरेजस्तो मत पनि रेणुको पक्षमा १९ वडाबाट प्राप्त भएन। माअोवादीले यो वडाबाट कम्तिमा २ सयको मतअन्तर कम हुने अपेक्षा साँचेको थियो। यो वडाबाट अहिलेसम्मको मतपरिणामले एमाले क्याम्पमा थोरै राहत दिएको छ भने विपक्षीमा थप दवाव बढाएको छ।
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.