राजधानीमा भूत आतंक ! खाली घरबाट रोएको आवाज आएपछि भागाभाग

काठमाडौं । यो काठमाडैंको कमलादीस्थित पाँच तल्ले घर । यो घर २०७२ साल बैशाख १२ गते गएको विनासकारी भूकम्प पछि खाली छ ।

पछिल्लो दिन पसल राख्ने भन्दै यो घरमा तयारी थालिएको थियो । तर, पसल सुरु हुनु अगावै यहाँ यस्तो घटना भयो जसले पसलको साहु मात्रै नभएर वरपरका मानिसलाई समेत आतंकित बनायो ।

राजधानीको अत्यन्तै व्यस्त क्षेत्र मानिने कमलादीस्थित एक घरमा आइतबार दिउँसो एक्कासी भूतको हल्ला चल्यो । हल्ला चले लगत्तै त्यहाँ भीड मात्र जम्मा भएन वरपरकाले आ–आफनो पसल समेत बन्द गरे ।

स्थानीयवासीका अनुसार बिहान ११ बजे यो घरबाट महिला रोएको आवाज सुनियो । लामो समयदेखि खाली रहेको घरबाट महिला रोएको आवजले सबैलाई अचम्मित बनायो । रोएको आवज कसको हो भनेर छानविन गर्दा कोही भटिएन ।

करिब आधा घन्टा पछि फेरि पहिलेको जस्तै आवाज आयो । यस पटक भने महिलाले बचाउ बचाउ भन्दै चिच्याएकी थिइन । दोस्रो पटकको आवाजपछि त्यस क्षेत्रमा भागदौड नै मच्चियो । वरपरका पसल बन्द भए ।

तत्काले प्रहरी पनि घटनास्थलमा पुग्यो । प्रहरी र स्थानीयवासीले पुरै घरको खानतलासी गरे तर केही भेटिएन । प्रहरीले घरको खानतलासी गरिसकेपछि सो क्षेत्रको अवस्था सामान्य भएको छ । तर महिला चिच्याएको आवाज कहाँबाट आएको हो अझै रहस्यमै छ । source:avenues.tv

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.