यसरी छापिँदो रहेछ चीनमा नेपाली नोट,

एजेन्सी । तपाईंलाई नेपाली नोट कहाँ र कसरी छापिन्छ होला भन्ने लागेको होला । आज हामी तपाईलाई नेपाली नोट कसरी र कहाँ छापिन्छन् भन्ने देखाउँदै छौँ । नेपालमा हाल ५, १०, २०, ५०, १००, ५०० र १००० दरका नोट प्रचलनमा छन् ।

यी नोटहरु सबै एकै देशमा र ठाउँमा छापिँदैनन् । त्यसमध्ये केही नोट चीनमा छापिने गरेका छन् । नेपालमा प्रचलनमा रहेका १०० र १००० रुपैयाँको नेपाली नोट सन् २०१६ मा चिनिया बैंक नोट प्रिन्टिङ कारखानामा छापिएका छन् ।

प्राप्त समाचार अनुसार, हालै चीनको नानछाङ बैंक–नोट प्रिन्टिङ्ग कारखाना तथा नेपाल राष्ट्र बैंकबीच छब्बीस करोड वटा ५ रुपैयाँको नेपाली नोट छाप्ने ठेक्कामा सम्झौता भएको छ ।

गत वर्ष अर्थात् सन् २०१६ मा नेपालको लागि रुपैयाँ १०० तथा १००० का नोट यसै कारखानाले छापेको थियो । सोही कम्पनीले अन्तर्राष्ट्रिय बोलपत्र आह्वानमार्फत यो वर्ष पनि नोट छाप्ने अनुमति पाएको छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.