भरतपुरको मतगणना रोकियो, कति छ देबी र रेणुबीचको मतान्तर ?

चितवन, जेठ १४ –भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को मतगणना सुरु गर्ने क्रममा सिल नम्बरको विवाद आएपछि मत गणना रोकिएको छ ।

अपरान्ह ४ बजेपछि गन्नलाई सिल खोल्ने क्रममा मतपेटिकामा भएको नम्बर र मुचुल्का उठाउदा टिपिएको सिलनम्बर फरक फरक भेटिएको छ ।

फरक नम्बर पाइएपछि सर्वदलीय बैठक बसिरहेको छ ।

पछिल्लेा गणना अनुसार एमालेका मेयर पदका उम्मेद्वार देवी ज्ञवालीले कांग्रेस माओवादी गठबन्धनका उम्मेदवार रेणु दाहाललाई पछि पार्दै आफ्नो अग्रता कायम राखेपनि मतान्तर निकै घटेको छ ।

अहिलेसम्म देवी ज्ञवालीले ४० हजार ९ सय ८० र माओवादी केन्द्रकी मेयर पदकी उम्मेद्वार रेणु दाहालले ४० हजार १ सय ९६ मत ल्याएका छन् । रेणुभन्दा ज्ञवाली ७ सय ८४ मतले मात्र अघि छन् । source:ratopati.com

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.