कावुल बम बिस्फोटमा नेपाली परे–नपरेको अन्योल कायमै, परराष्ट्र भन्छ–बुझ्दैछौँ

जेठ १७, काठमाडौं–अफगानिस्तानको राजधानी काबुलमा राष्ट्रपति भवन र विदेशी दूतावासहरु रहेको क्षेत्रमा ठूलो विस्फोट भएको छ । घटनामा कम्तिमा ८० जना मारिएको अलजजिराले जनाएको छ । ३ सयभन्दा बढी घाइते रहेका छन् ।

यो घटनामा कोही नेपाली परे नपरेको स्पष्ट भएको छैन । अफगानिस्तामा कुटनीनितक निकायहरुमा सुरक्षा गार्डमा धेरै नेपाली कार्यरत छन् ।
परराष्ट्र मन्त्रालयका प्रवत्ता भरतराज पौडेलले आफुहरुले कावुल घटनामा नेपाली परे–नपरेको बारे बुझिरहेको बताए । ‘हामी बुझ्ने प्रयासमा छौँ । दिल्ली र इस्लामावादमा रहेका दूतावास मार्फत बुझ्ने कोशिषमा छौँ ।’

गत असारमा कावुलस्थित नेपाली सुरक्षा गार्ड चढेको गाडीमा आक्रमण भएको थियो । घटनामा १३ नेपाली मारिएका थिए ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.