गाउँपालिका प्रमुखको पहिलो निर्णयः जमिन बाँझो राखे जरिवाना

काठमाडौं । कास्कीको मादी गाउँपालिकाले जमिन बाँझो राख्नेलाई कारबाही गर्ने निर्णय गरेको छ । नवनिर्वाचित अध्यक्ष वेदबहादुर गुरुङ, उपाध्यक्ष विष्णुमाया पौडेलसहित वडाध्यक्षहरुको पहिलो बैठकले मंगलबार यस्तो निर्णय गरेको हो ।

‘गाउँमा कृषि क्रान्ति गर्नुपर्छ, जमिन बाँझो राख्नु हुँदैन भनेर यस्तो निर्णय गरेका हौं,’ अध्यक्ष वेदबहादुर गुरुङले भने ।
सिँचाइ सुविधा पुगेका जमिन बाँझो राखे दण्ड जरिवाना गर्ने निर्णय भएको उनले बताए ।

आफूहरुको कार्यकालभित्र प्रत्येक गाउँटोलसम्म मोटरबाटो पुर्याउने, प्रत्येक घरमा खानेपानीको धारा पुर्याउने, प्रत्येक वडामा बिजुली पुर्याउने र १२ वटै वडामा वाइम्याक्स इन्टरनेट जोडेर सेवाग्राहीका सेवा चुस्त पार्ने, अनलाइन सेवा दिने निर्णय पनि जनप्रतिनिधिले गरेको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.