चलचित्र ‘२ रुपैँया’को ‘कुटुमा कुटु’ गीतले सलमान खानको ट्युबलाइट ट्रेलरलाई पछि पारयो ..

चलचित्र ‘२ रुपैँया’को ‘कुटुमा कुटु’ गीतले सलमान खानको ट्युबलाइट ट्रेलरलाई पछि पारेको छ । नेपालको दुई नम्बर ट्रेन्डीङमा रहेको उक्त ट्रेलरलाई ‘२ रुपैँया’को गीतले ४८ घण्टामा नै पछि पारेको हो ।

निश्चल बस्नेत, स्वस्तिमा खड्का, आशिफ शाह र बुद्धि तामाङ अभिनित गीत दुई दिनमा करिब साढे ५ लाख पटक युट्युबमा हेरिएको छ । सेलिब्रेटी निर्देशक निश्चल बस्नेतले गायन र नृत्य रहेको काले दाई गीत पनि युट्युबमा उत्तिकै हिट छ । काले दाई गीतमा निश्चलको नृत्यले निकै प्रशंसा पाएको थियो ।

सुर्के थैली गीतका सर्जकले नै तयार गरेको यो गीतमा निश्चल र स्वस्तिमाको जोडी देखिएपछि दर्शकले भिडियो चाखपूर्वक हेरेका छन् । भदौ २३ गतेदेखि प्रर्दशनमा आउन लागेको ‘२ रुपैँया’लाई असिम शाहले निर्देशन गरेका हुन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.