काठमाडौंको मेयरमा उठेर १ मत मात्र पाउने उम्मेद्वार को हुन् ?

काठमाडौं । काठमाडौं महानगरको मेयर पदमा नेकपा एमालेका विद्यासुन्दर शाक्य विजयी भएका छन् । कांग्रेसका राजुराज जोशीलाई भारी मतअन्तरले पराजित गर्दै उनी मेयरमा निर्वाचित भएका हुन् ।

शाक्यले ६४ हजार ९ सय १३ मत प्राप्त गरेका छन् भनेउनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जोशीले ४५ हजार २ सय ६९ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेकी विवेकशील नेपालकी रञ्जु दर्शनाले २३ हजार ४ सय ३९, साझा पार्टीका किशोर थापाले १८ हजार ४ सय ९६ र माओवादी केन्द्रका सर्वोत्तम डंगोलले ७ हजार ९ सय ६ मत प्राप्त गरेका छन् ।

त्यस्तै काठमाडौं महानगरमा मेयर पदमा उठेर १ भोट पाउने मात्र पनि उम्मेद्वार रहेका छन् । उनी हुन स्वतन्त्र उम्मेद्वार भगवान गिरी ।

उनले १ भोट मात्र पाउँदा यो बुझ्न सकिन्छ कि उनलाई आफ्नै घरका परिवारले समेत भोट दिएका रहेनछन् । उनले आफूले हालेको भोट मात्र पाएको अनुमान गर्न सकिन्छ । स्वतन्त्र उम्मेदवार बनेका उनी खुला सुटकेश चुनाव चिन्ह लिएर चुनाव लडेका थिए ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.