फेसबुकबाट ठगी

जेष्ठ १५, २०७४- दोलखाकी बबिता बस्नेतको बैंक खातामा एक अपरिचितले पठाएको ३ लाख ९० हजार रुपैयाँ अचानक आइपुग्यो । सामान्य आर्थिक हैसियतकी बबिता आफ्नो खातामा त्यतिका धेरै रकम देखेर छक्कै परिन् । अचम्म त उनी त्यतिबेला भइन्, जब खातामा आएको रकम निकालेर अर्को खातामा हालिदिएबापत २० हजार रुपैयाँ पाइने आश्वासन उनलाई कुनै अपरिचित फेसबुकको साथीले दियो । बबिताले त्यसै गरिन् । यही लोभले उनलाई झमेलामा मात्रै पारेन, त्यही झमेला सल्टाउन उनी काठमाडौंस्थित महानगरीय अपराध महाशाखामै धाउनुपर्‍यो ।

विराटनगरकी श्रद्धा घिमिरेको रकम घुम्दै घुम्दै दोलखाकी बबिता बस्नेतको खातामा पुगेको थियो । तर, श्रृद्धा र बबिताको चिनजान पनि थिएन । यो घटनामा काठमाडौंमै काम गरिरहेका पत्रकार एकराज दाहाल पनि अनयासै जोडिए । किनभने बबिताले आफ्नो खातामा आएको रकमबाट २० हजार निकालेर ७ लाख ७० हजार चिनजान नै नभएका पत्रकारको खातामा हालिदिइन् ।

यी तीनैबीच एक–अर्कामा चिनजान छैन, न एक अर्काबारे केही जानकारी नै । अनि कसरी त्यतिका धेरै रकम एकले अर्काको खातामा हाल्ने काम गरे त ? यी तीनै जनासँग एक विदेशी नागरिक जोडिएका थिए । फर्जी फेसबुक चलाउने ती विदेशी यी तीनैजनासँग साथी बनेका थिए । ती विदेशीकै भरमा परेर श्रद्धाले बबिताको खातामा रकम हालिदिएकी थिइन् । भारतमा आएको उपहारको भन्सार महसुल तिर्नुपर्ने र उक्त रकम आफ्नो खातामा आएपछि सामान पठाउने आश्वासन ती विदेशीले दिएका थिए ।

तिनै विदेशीले भनेअनुसार श्रद्धाले बबिताको खातामा रकम हालिदिइन् । बबिताले पनि तिनै विदेशीले देखाएको लोभमा एकराजको खातामा रकम हालिदिइन् । तिनै विदेशीले एकराजलाई उक्त रकम आफूले भनेको मान्छेको खातमा हाल्न भनेका थिए । तर, एकराजले भनेकै समयमा रकम हालिदिएनन् बरु आफ्नो खातामा आएको रकमबारे महानगरीय अपराध महाशाखालाई जानकारी गराइदिए ।

महाशाखाको अध्ययनपछि पो थाहा भयो, सामाजिक सञ्जाल फेसबुकको जन्जालमा पारेर ठगी गर्ने गिरोहले तीनैलाई उपयोग गरिरहेको रहेछ । त्यसो त दोलखाकी बबिताले यसअघि पनि यस्तै अपरिचितले पठाएको रकम अपरिचित मान्छेको खातामा राखिदिएबापत केही रकम पाएकी रहिछिन् । त्यस्तै ठेगाना नखुलेका दीपक थापाको खाताबाट पनि बबिताको बैंक खातामा ४० हजार रुपैयाँ आएको रहेछ ।

उक्त मुद्दालाई नजिकबाट नियालिरहेका महाशाखाका एसपी श्याम ज्ञवाली सामाजिक सञ्जालबाट आउने प्रलोभनको पछि लागेर धेरैले रकम गुमाएको र दु:ख खेपिरहेको अनुभव सुनाउँछन् । ज्ञवालीका अनुसार झन्डै महाशाखामा औसतमा प्रत्येक साता यस्तै प्रकृतिका ४ घटना आइपुग्छन् । उनले भने, ‘अपरिचित फेसबुके साथीले देखाएको प्रलोभनमा परि पैसा गुमाउनेको संख्या अझै ठूलो छ ।’ ज्ञवालीका अनुसार यस्ता विदेशीले एकैचोटि धेरै जनालाई फ्रेन्ड रिक्वेस्ट पठाउँछन् र एसेप्ट गर्नेहरूको स्वभाव, कार्यप्रकृति बुझेर नजिकको साथीको सम्बन्ध गाँस्छन् । झुटो सम्बन्धकै आधारमा तिनीहरूले कसैसँग सोझै रकम ठग्छन् भने कसैलाई ठगीको सन्जालमा केही आश्वासन दिएर उपयोग गर्छन् । ekantipur.com

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.