बनाइयो महानगरपालिका, एकछिन वर्षा हुँदा यस्तो हुन्छ सहर

जेठ–१२ ।
विराटनगर उपमहानगरपालिकालाई सरकारले हालै महानगरपालिका घोषणा गरेको छ । विराटनगरका धेरै क्षेत्रहरुमा अहिले पनि बिजुली छैन, खानेपानीको सुविधा छैन, सार्वजनिक शौचालय छैन । कालोपत्रे सडक त कोसी राजमार्ग र मेनरोडमा मात्रै छ । प्राय सडक ग्राभेल छन् । फाटफुट कालोपत्रे पनि एउटा वर्षा खप्दैन ।

विराटनगरलाई महानगरपालिका बनाइएपछि धेरैजसो सचेत विराटनगरवासीहरुले त जिब्रो टोके । राजनीतिक दलका नेता कार्यकर्ताहरु भने जस लिन हानाथाप गरिरहेका छन् ।

अरु सबै कुरा उस्तै नाम मात्रै फेरिएकोमा खुसी मनाउनु पर्ने केही छैन । तर अहिले विराटनगरमा यस्तै छ स्थिति ।
विराटनगरमा शुक्रबार दिउँसो एकछिन पानी पर्दा सहरको हालत यस्तो देखियो । ढल निकासको राम्रो प्रबन्ध नहुँदा विराटनगरका अधिकांश भाग वर्षामा यसैगरी डुबानमा पर्छन । तर पनि विराटनगर महानगरपालिका बनेको छ । नेपालआज

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.