घाइते विमान चालकको मृत्यु, दुईको अवस्था गम्भीर

सोलुखुम्बु, १३ जेठ । आज दिउँसो सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल नजिक भएको गोमा एयरको विमान दुर्घटनामा घाइते भएका विमान चालक पारसकुमार राईको मृत्यु भएको छ ।

विमानबाट उद्धार गरी लुक्लास्थित पासाङल्हामु निकोलनिकी हस्पिटलमा उपचारका क्रममा विमानका क्याप्टेन राईको ज्यान गएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका सहचालक सृजन मानन्धर र परिचारिका प्रज्ञा महर्जनको अवस्था गम्भीर रहेको छ । उनीहरुको लुक्लास्थित पासाङल्हामु निकोलनिकी हस्पिटलमा उपचार भइरहेको छ ।

मौसम खराबीका कारण उनीहरुलाई हेलिकप्टरमार्फत काठमाडौँ लैजान नसकिएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिनुभयो ।

गोमा एयरको नाइन एन एक के वाई कलसाइन भएको कार्गो विमान लुक्ला विमानस्थलमा अवतरण गर्ने क्रममा सल्लाको रुखमा ठोक्किएर पाखामा खसेको थियो ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.