९०९ मतअन्तर रहँदा भरतपुरको चहलपहल

चितवन, जेठ १४ – भरतपुर महानगरपालिकाको मतगणना कभर्ड हलमा भइरहेको छ । साविक जिल्ला विकास समिति अगाडि रहेको कर्भड हलमा जेठ १ गतेदेखि शुरु भएको मतगणना दुई हप्ता पुग्न लाग्दा पनि सकिएको छैन । नजिकै रहेको जिल्ला विकास समन्वय समिति, कभर्डहल पछाडिको चौरमा समूह समूहमा बसेर मतगणना पछिको समीक्षा गर्नेको भिड देखिन्छ । ७ हजार ९ सय ३० मत गणना हुन बाँकी रहँदा देवी ज्ञावालीको ४० हजार ५ सय ८८ र रेणु दहालको ३९ हजार ६ सय ७९ मत पुगेको छ ।

९०९ को अग्रतामा देवी ज्ञवाली रहेका छन् । वडा नम्वर १९ मा २ हजार ८ आठ सय ८७ मत, वडा नम्वर २० मा ३ हजार ३ सय १८ मत गणना गर्न बाँकी छ । वडा नम्वर २१ मा ३ हजार ५ सय ६८ मतमा २४ सय मतगणना भइसकेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपुत्री रेणु दाहाल कांग्रेस माओवादी गठबन्धनबाट उम्मेद्वार भएका कारण राष्ट्रिय रुपमा नै भरतपुरको चर्चा चुलिएको छ । मतगणना जति पछि पुग्यो त्यति तिव्र प्रतिस्पर्धा देखिएको छ । दाहालको प्रतिस्पर्धी त्यसमाथि एमाले उम्मेद्वार देवी ज्ञवालीले शुरुवाटै अग्रता लिएपछि चुनावी अनुमानहरु धेरैको फेल खाएको छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.