फास्टट्रयाकको स्तम्भ शिलन्यास

बारा : बहुचर्चित काठमाडौं–तराई(मधेस) दुर्तमार्ग (फास्टट्रयाक) दुर्तमार्गको शिलन्यास भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले फास्ट ट्रयाकको स्तम्भ उद्घाटन भएको हो । सरकारले फास्टट्रयाक बनाउने जिम्मा नेपाली सेनालाई दिएको छ ।

७२ दशमलव २ किलोमिटरको सडक चार वर्षभित्र निर्माण भइसक्ने छ । चार लेनको उक्त सडकमा दुईवटा सुरुङ पनि निर्माण हुने छन् । खोकना, मकवानपुर हुँदै बारा पुगिने फास्टट्रयाक निर्माण भएपश्चात ५९ मिनेटमा पुगिन्छ । आयोजना प्रमुख योगेन्द्रबहादुर खाँडले दश ठाउँबाट निर्माणको काम सुरु गर्ने बताउनुभयो ।

फास्टट्रयाकले दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणमा पनि सघाउ पुर्‍याउने छ ।फास्टट्रयाक निर्माणका लागि सरकारले २०७४ वैशाख २१ गते मन्त्रिपरिषद्को निर्णय गरी नेपाली सेनालाई निर्माणको जिम्मा दिएको हो । फास्टट्रयाक निर्माणका लागि ७ जनाको अधिकार सम्पन्न निर्देशक समिति बनाइएको छ ।

आयोजना प्रमुख खाँडले राष्ट्रिय अन्तराष्ट्रिय परामर्शदाता छनौट गरेर काम गर्ने बताउनुभयो । पहाडमा २३ मिटर र तराईमा २५ मिटरको बाटो हुने छ भने ९९ वटा पूल निर्माण हुने छ । काठमाडौंबाट ६ वटा प्रवेश मार्ग बनाइने खाँडको भनाई छ । ६५ देखि छिटोमा १ सय २० स्पिडमा गुद्न सक्छन् ।
यसैबीच फास्टट्रयाको स्तम्भको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समयमै र गुणस्तरीय काम गरेमा सरकारले सेनालाई सम्मान गर्ने बताउनुभयो ।

प्रधानसेनापति राजेन्द्र क्षेत्रीले समयै काम सक्ने प्रतिवद्वता जनाउनुभयो । annapurnapost.com

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.