भारत पुगेका कुलमानलाई सफलता, अब पनि लोडसेडिङ नहुने पक्का

काठमाडौँ, १३ जेठ । नेपाल विद्युत् प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट आयात गर्दै आएको बिजुलीको विद्युत् खरिद सम्झौता नवीकरण भएको छ ।

भारतको सेन्ट्रल इलेक्ट्रिसिटी अथोरिटीमा आज आयोजित नवीकरण सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको विद्युत् व्यापार निगम (एनभिभिएम)का प्रमुख अरुणकुमार गर्गले हस्ताक्षर गर्नुभएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिनुभयो ।

यसअघि भएको सम्झौताको म्याद यसै साता सकिन लागेकाले आज नवीकरण गरिएको हो । सम्झौता नवीकरण गर्न घिसिङ नेतृत्वको टोली शुक्रबार भारत गएको थियो ।

एनभिभिएन नेपालमा बिजुली बेच्न भारतले तोकेको सरकारी निकाय हो । सम्झौता नवीकरणले वर्षामा आयात हुने बिजुलीको परिमाण र अवधि तय गरिएको छ । वर्षामा आयात हुने बिजुलीको पिपिए नवीकरण गर्न प्राधिकरणले वैशाख २१ मा भारतलाई पत्राचार गरेको थियो ।

प्राधिकरणका अनुसार यसअघि यो प्रसारण लाइनबाट विद्युत्को अत्यधिक माग रहेका बेला बढीमा १४५ मेगावाटसम्म आयात गरिएको थियो । अहिले १३५ मेगावाटको हाराहारीमा आयात भइरहेको छ ।

मुजफ्फरपुर बिन्दुबाट प्राधिकरणले प्रतियुनिट भारु ३.६० पैसा (५.७६ नेपाली रुपैयाँ) मा एनभिभिएनसँग बिजुली खरिद गरिरहेको र आजको सम्झौतामा पनि सोही दर कायम रहेको छ । सो बिन्दुबाट आयात भइरहेको बिजुली अन्य नाकाको भन्दा सस्तो रहेको छ ।

मुजफ्फरपुर सवस्टेसनमा सय एमभिएका दुईवटा ट्रान्सफर्मर जडान गरेर वैकल्पिक रूपमा १३२ केभीमा बिजुली खरिद भइरहेको छ । ढल्केबर सवस्टेसन पूरा भएपछि २२० केभीमा चार्ज गरिने प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

थप विषयमा भने आगामी अगस्तमा हुने नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठकमा छलफल हुने बताइएको छ । etajakhabar

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.