संसारकी सबैभन्दा होची युवतीको ज्यानमाथि खतरा, सरकारसँग मागिन् सुरक्षा

संसारकी सबैभन्दा होची युवती ज्योती आमगेले सरकारसँग सुरक्षाको माग गरेकी छिन् । ज्योतीले पत्र लेखेर महाराष्ट्र सरकारसँग सुरक्षाको माग गरेकी हुन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराइसकेकी ज्योतीले केही मानिसहरुले आफूलाई हानी पुर्याउन चाहेको मिडियासँग बताएकी छिन् । बिग बसको तेस्रो संस्करणमा भाग लिइसकेकी ज्योती २५ वर्ष पुगिसकेकी छिन् । उनको उचाई ६१.९५ सेन्टिमिटर छ ।

ज्योती हलिउड फिल्ममा आफ्नो नाम स्थापित गर्न चाहेको बताउँछिन् । उनले हलिउड फिल्म लेग जिन्डोमा काम गरिसकेकी छिन् । यसका साथै उनी अमेरिकी हरर स्टोरीमा पनि काम गरिसकेकी छिन् । यी दुबै भूमिकामा उनले निकै प्रशंसा कमाइसकेकी छिन् ।

पछिल्ला दिनमा ज्योतीले सलमान खान र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्न इच्छन देखाएकी थिइन् । उनले सन् २००९ देखि लगातार गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो कम उचाईका कारण दर्ता गर्न सफल भएकी छिन् । कुनैबेला आफ्नो उचाई नबढेकोमा चिन्ता लिने ज्योतीलाई स्कूल र घर वरिपरिका मानिसहरुले निकै जिस्काउने गर्दथे । अब मानिसहरु उनलाई विभिन्न स्थानबाट भेट्न आउने गरेको बताउँछिन् ।

ज्योतीको भनाई अनुसार उनको यही सफलताका कारण केही मानिसहरुले उनलाई हानी पुर्याउने कोसिस गरिरहेका छन् ।ratopati

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.