हेलिकोप्टर चढेर स्कुल पढ्न जाने दुनियाँकै भाग्यमानी बच्चा

आफ्नो बच्चालाई स्कुल पुर्‍याउनका लागि कतिपय अभिभावकहरु पैदलै जालान् त हुनेले कार, बाइक जस्ता साधनको उपयोग गर्लान् । तर यहाँ एकजना व्यक्तिले आफ्ना छोरालाई स्कुल पुर्‍याउनका लागि हेलिकोप्टर नै उडाएका छन् ।

युक्रेनका पूर्व खेलमन्त्रीले आफ्नो छोरालाई हेलिकोप्टर चढाएर स्कुल पूराएका हुन् । पूर्व खेल राज्यमन्त्री एन्ड्रे पाल्चेभ्स्कीका छोरा दुनियाँका दुुर्लभ बालक होलान् जो हेलिकोप्टर चढेर स्कुल जान पाए ।

समाचार अनुसार पूर्व मन्त्रीका छोराको स्कुल घरबाट अलिक टाढा रहेछ । हालै एकदिन छोरा स्कुल जानका लागि घरबाट निस्किन केही ढिला भयो । सडकमार्ग हुँदै जाम छिचोलेर स्कुल जाँदा समयमा स्कुल पुुग्ने सम्भावना रहेन । जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ, ती पूर्व मन्त्रीले अन्ततः हेलिकोप्टर चढाएर छोरालाई समयमै स्कुल पूराए ।

जब राजधानी किभको लिप्सी जिल्लामा रहेको एक स्कुलको गेट नजिकै हेलिकोप्टर उत्रियो तब सबै अचम्ममा परे । अझ हेलिकोप्टरबाट एक विद्यार्थी निस्किएर सरासर स्कुलको गेटभित्र छिरेपछि त आश्चर्यको सीमा रहने कुरै भएन । हेलिकप्टर चढेर स्कुल जान पाउने ती बालकको नाम भने खुलाइएको छैन ।

छोरालाई हेलिकोप्टर चढाएर स्कुल पुर्‍याउने पूर्व मन्त्रीका विषयमा सोसल मिडियामा अनेक थरी प्रतिक्रिया आएका छन् । कतिपयले मन्त्रीले धनको रवाफ देखाएको गरीबलाई हेँपेको भनेका छन् भने कतिपयले छोराको शिक्षाका लागि पूर्वमन्त्रीले अपनाएको उपायको सह्राना गरेका छन् । एजेन्सी

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.