रेणु दाहालले उछिन्न थालिन देवीलाई

चितवन, जेठ १४ – चितवनको भरतपुर महानगरपालिकामा मतगणना चलिरहेको छ । प्रमुखका लागि एमालेका तर्फबाट उम्मेद्वार बनेका देवी ज्ञवाली र नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट उम्मेद्वार बन्नुभएकी रेणु दहालको बिचमा तीव्र प्रतिस्पर्धा देखिएको छ । दुवैको जितको सम्भावना बराबरै रहेको देखिन्छ ।
तीन वटा वडा गणना हुन बाँकी रहेको छ । बाँकी तीनवटा वडा नेपाली कांग्रेसको बलियो क्षेत्र रहेको छ । नेपाली कांग्रेसले गठबन्धनका उम्मेद्वारलाई मत दिएका छन् की एमालेका उम्मेद्वारलाई मत दिएकाछन्, अन्तिम परिणाम त्यसैमा निर्भर रहेको छ ।

अहिले वडा नं. २१ को १२०० मतगणना भइसक्दा देवी ज्ञवालीको ४० हजार १ सय ६७ र रेणु दहालको ३९ हजार १ सय ५८ मत आएको छ । यो वडासहित ९७३० मत गन्न बाँकी छ । वडा नम्बर १९मा २८८७ मत, वडा नम्बर २० मा ३३१८ मत गणना गर्न बाँकी छ । वडा नम्बर २१ मा ३५६८ मतमा १२०० गणना भइसकेको छ ।
कांग्रेस माओवादी गठवन्धनलाई सुरुवाट नै पछि पारेका देवी ज्ञवाली पनि एमालेको मतको जगमा कांग्रेसबाट आउने मतको भरमा रहेका छन् । एमालेले अहिले कांग्रेसकै मतको आस गरेको अवस्था छ । एमालेले आफ्ना बलिया भनेका वडाबाट मेयरमा कम मत पाउनु र कांग्रेस–माओवादीले एमालेलाई जित्ने भनेका वडाबाट सोचेजस्तो मत पाउन नसक्दा अहिले प्रतिस्पर्धा बढेको हो ।

वडामा प्यानल नै पार्टीले जितेको अवस्थामा पनि मेयरमा भने मत तिर्नुपर्ने अवस्थाले एमालेलाई संकट छ । एमाले उम्मेद्वार ज्ञवालीले आफूले जित्ने दाबी गर्नुभएको छ । गणना हुन बाँकी रहेको वडामा ३ सयका दरले मत घटेपनि आफूले जित्ने बताउनुभयो ।

माओवादीले कांग्रेसको प्रभाव क्षेत्र मानिएका वडाहरुबाट अपेक्षाकृत मत नपाउँदा र क्रस हुँदा सोचेजस्तो मत ल्याउन सकेको छैन । रेणु दहाल गठबन्धन अनुसार आफूलाई मत आउने र आफनो जित निश्चित रहेको अवस्थामा हुनुहुन्छ । एमाले र कांग्रेसको मात्रै प्रतिस्पर्धा बढि छ त्यहाँ एमालेलाई फाइदा भएको देखिन्छ । माओवादी र एमाले बिच प्रतिस्पर्धा भएको वडामा एमालेलाई मतमा घाटा लागेको देखिन्छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.