रञ्जुको फेसबुक खर्च २ लाख, चुनावमा विवेकशीललाई २९ लाख नाफा

१७ जेठ, काठमाडौं । रञ्जु दर्शनाको चुनावी अभियानमा विवेकशील पार्टीले पैसाको खोलो बगाएको चर्चा चलिरहेका बेला हामीले विवेकशील पार्टीका अध्यक्ष उज्ज्वल थापालाई सोध्यौं– रञ्जु दर्शनाको चुनाव खर्च कति भयो ।

थापाले चित्त दुखाएर भने, ‘हामी आफ्नो आम्दानी र खर्चको एक–एक हिसाब वेवसाइटमा राख्छौं, तैपनि हामीमाथि नै यस्तो आशंका गरिन्छ ।’

विवेकशील नेपालीको वेवसाइट लीडनेपाल डटकममा गएर हेर्दा यस पार्टीले पहिलो चरणको स्थानीय चुनावमा ३१ लाख ९९ हजार ५ सय ७१ रुपैयाँ खर्च गरेको रेकर्ड भेटियो । यस्तै पार्टीको चुनावी कोषमा ६१ लाख ६ हजार ९ सय तीस रुपैयाँ २७ पैसा जम्मा भएको वेवसाइटमा उल्लेख छ । यो २०७३ पौष ६ गतेदेखि ३ जेठ, २०७४ सम्ममा विभिन्न दाताहरुबाट प्राप्त भएको सहयोग रकम हो ।

पार्टीलाई पहिलो चरणको स्थानीय चुनावमा २९ लाख ७ हजार ३ सय ५९ रुपैयाँ २७ पैसा वचत भएको देखिएको छ । यो रकम उसले दोस्रो चरणको चुनावमा प्रयोग गर्ने छ । सो पार्टीले झापा, मोरङ, बारा, कन्चनपुरलगायतका जिल्लाहरुमा उम्मेदवारी दिने तयारी गरिरहेको छ ।

रञ्जु दर्शनाको खर्च

विवेकशीलले आफ्नो चुनावी अभियान मेयरकी उम्मेदवार रञ्जु दर्शनामा केन्द्रित गरेको थियो । रञ्जुको मात्र चुनावी खर्च ५ लाख ८८ हजार रुपैयाँ पुगेको विवेकशीलका स्रोत व्यवस्थापन अधिकृत शरण कार्कीले जानकारी दिए । निर्वाचन आयोगले एउटा मेयर उम्मेदवारका लागि तोकेको खर्च सीमा ७ लाख हो ।

‘कतिपयले शंका गरेजस्तो हामीले अस्वभाविक खर्च गरेका छैनौं, निर्वाचन आयोगको सिमाभित्रै छौं,’ कार्कीले भने ।

सामाजिक सञ्जालमा कति ?

चुनावी अभियानका क्रममा विवेकशीलले सामाजिक सञ्जाल फेसबुकको अत्यधिक उपयोग गरेको थियो । पार्टीका एजेन्डाहरु, उम्मेदवारका चुनाव चिन्हहरु र रन्जु दर्शनाका भाषण तथा अन्तरवार्ता ‘प्रमोट’ गरेर भाइरल बनाइएका थिए ।

कार्कीले फेसबुक प्रमोसनका लागि करिब २३ सय डलर (करिब २ लाख ३० हजार) खर्च गरिएको बताए ।

विवेकशील नेपालीका मुख्य दाता यसका सदस्यहरु नै भएको कार्की बताउँछन् । यसका अनलाइन सदस्य १५ हजारभन्दा बढी छन् भने प्रतिवद्ध सदस्य २५ सय छन् । उनीहरुलाई वार्षिक ३ सय ६५ रुपैयाँ लेवी तोकिएको छ । यसबाट उठ्ने रकम नियमित पार्टी सञ्चालनमा उपयोग गर्ने गरिएको छ ।

यो बाहेक आवश्यकताका आधारमा विभिन्न अवसरमा सहयोग संकलन गरिन्छ । विशेषगरी विदेशमा रहेका सदस्य तथा शुभेच्छुकहरुले सो पार्टीलाई ठूलो भरथेग गर्दै आएका छन् ।

चुनावका लागि गरिएको रकम संकलनमा एकै व्यक्तिले १२ लाख रुपैयाँसम्म दिएका छन् । बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले चारपटक गरेर १२ लाख रुपैयाँ दिएका हुन् ।

अन्य उम्मेदवारको कन्तबिजोग

विवेकशीलले काठमाडौंको मेयर र ४ वडाध्यक्षसहित जम्मा नौ जना उम्मेदवार उठाएको थियो । तर रञ्जुको अनुपातमा अरु उम्मेदवारले उल्लेख्य भोट ल्याउन सकेनन् ।

विवेकशीलले वडा नं. ६, ७, ३० र ३२ मा वडाध्यक्ष उठाएको थियो । तर कसैले पनि उल्लेखनीय भोट पाएनन् ।

वडा नम्बर ६ का उम्मेदवार सागर लुइटेलले २ सय ६ भोट पाए । वडा नम्बर ७ का उम्मेदवार दीपकुमार विष्टले ८२ भोट मात्र ल्याए । वडा नम्बर ३० का उम्मेदवार अमृतराज वैद्यले सबैभन्दा बढि ३ सय ३८ भोट पाए । यसैगरी वडा नम्बर ३२ का उम्मेदवार सुवास पराजुलीले ९२ भोट पाए । source:onlinekhabar.com

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.