खुशी हुन पाएनन् धुर्मुस सुन्तली

हास्य कलाकारबाट समाजसेवीको परिचय बनाएका सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) नमूना नेपालको तयारीमा छन् । भूकम्पपछि तीनवटा एकिकृत बस्ती निर्माण गरेर ह्याट्रिक गरेका उनीहरु नेपाललाई विश्वमाझ चिनाउने कस्सिएका हुन् ।

हास्य कलाकारिताबाट पाएको लोकप्रियताको सदुपयोग गर्दै सामाजिक काममा होमीएका उनीहरु सामाजिक कामका कारण अहिले श्रद्धाका पात्र बनेका छन् । देश तथा विदेशमा रहेका सहयोगी मनहरुलाई संगाल्दै सामाजिक काममा सक्रियता जनाईरहेका धुर्मुस सुन्तली, भूकम्पपछि टेलिभिजनमा हप्तैपिच्छे देखिन छाडे । चर्चित बनाउने हास्य टेलिश्रृंखला मेरी बास्यै भन्दा सामाजिक कामले नै उनीहरुको जीवनमा महत्व पायो । किनकी भूकम्पपछि मनोरञ्जनभन्दा मानिसहरुलाई ओतको आवश्यकता थियो ।

त्यसैले भूकम्प पितितलाई सकेजति सहयोग गरे । त्योसँगै मनवता र सद्भावका लागि भन्दै मधेसको अति पिछडिएको मुसहर समूदायका लागि एकिकृत बस्ती बनाए । अब उनीहरु देशभरका अधिकाँस जातजातिका अति विपन्न परिवारलाई एक ठाउँमा राखेर नमूना नेपाल बनाउने सपना देख्दैछन् ।

यति ठूलो सोचका साथ सामाजिक काममा अघि बढेका उनीहरुलाई वि.सं २०७३ सालको गणतन्त्र दिवसको अवसरमा सरकारले प्रवल जनसेवा श्री मानपदवी दिने घोषणा गर्यो । उनीहरु सो समय गिरान्चौर एकिकृत बस्ती निर्माणको क्रममा थिए । जब सरकारले गरेको यो निर्णय सुने तब सामाजिक सञ्जाल फेसबुकमा खुशी व्यक्त गर्दै लामो स्टाटस लेखे । उक्त पदकले आफुहरुलाई हौसला मिलेको भन्दै सम्पूर्ण र्दशक, शुभचिन्तक र सहयोगी मनप्रति आभार व्यक्त गरे । यस्तो छ, धुर्मुस सुन्तलीले त्यो समयमा पोस्ट गरेको स्टाटस ।

यो पदक धुर्मुस सुन्तलीका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो पदक थियो । त्यसैले पनि उनीहरु सरकारले गरेको निर्णयप्रति निकै खुशी थिए । नेपाली पोशाकमा ठाँटिएर सम्माननीय राष्ट्रपतिको हातबाट पदक ग्रहण गर्ने उनीहरुको इच्छा थियो । जुन इच्छा उक्त घोषणाको करिब एक वर्षपछि पुरा हुनेवाला थियो ।

गणतन्त्र दिवसको दुई दिन अघि उनीहरुलाई १४ गतेका लागि निम्तो आयो । सोचे पदक लिनकै लागि निम्तो आएको हुनुपर्छ । तर, फेसबुकका भित्ताहरुमा पदक ग्रहण गरेका तस्विरहरु जेठ १२ गते नै देखिइसकेका थिए । धुर्मुसले सोचे आफुहरुलाई १४ गते पदक प्रदान गर्नेहोला भन्ने सोचे । पछि मात्र उनले थाहा पाए, पदक वितरण कार्यक्रम त जेठ १२ गते नै सक्कीसकेको रहेछ । उनीहरुलाई चियापानका लागि पो बोलाइएको रहेछ ।

धुर्मुस सुन्तलीको नाममा पदक त आयो तर राष्ट्रपतिको हातबाट ग्रहण गर्न नपाउँदा उनीहरुलाई उत्तिकै खल्लो लाग्यो । पदक वितरण गरिएपपनि अहिलेसम्म उक्त पदक उनीहरुको हातमा पुगेको छैन । ‘न कसैले बोलायो न त अहिलेसम्म हाम्रो हातमा त्यो पदक नै परेको छ । हामीलाई आम दर्शक र सहयोगी मनले दिएको सम्मान नै त्यो भन्दा ठूलो पदक हो । सबैको माया पाएमा यसगरी अघि बढीरहेने छौँ,’ धुर्मुसले भने । gazzabkoonline

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.