लुक्ला विमान दुर्घटना: एयर होस्टेस प्रज्ञा महर्जनको स्वास्थ्य स्थिर

काठमाडौं : शनिबार दिउँसो लुक्लाको तेन्जिङ हिलारी विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त गोमा एयरमा सवार एयर होस्टेस प्रजा महर्जनको स्वास्थ्य अवस्था स्थिर रहेको छ।

प्रज्ञाको राजधानीको धापासीस्थित ग्रान्डी इन्टरनेशनल अस्पतालमा उपचार भइराखेको छ। प्रज्ञाको शरीरका विभिन्न भागमा चोट लागेको र उहाँ अर्थचेत अवस्थामा रहेकाले उहाँको स्वास्थ्य अवस्थाबारे २४ घन्टासम्म यसै भन्ने अवस्था नरहेको चिकित्सकले बताएका छन्। प्रज्ञालाई आइतबार बिहान लुक्लाबाट राजधानीको ल्याइएको हो।

२०५२ सालमा कीर्तिपुरमा जन्मिनु भएकी प्रज्ञा सन् २०१५ मा गोमा एयरमा आवद्ध हुनुभएको हो। प्रज्ञालाई शनिबार नै काठमाडौं ल्याउन गरिएको प्रयास मौसम प्रतिकूलताका कारण पटकपटक असफल भएको थियो।

उहाँलाई शनिबार काठमाडौं ल्याउन नसक्दा उहाँको स्वास्थ्य थप जटिल बन्दै गएको चिकित्सकको भनाइ छ। उहाँका शरीरमा चोट लागेका कारण पुरै सुन्निएको छ। चिक्त्सिकले २४ घन्टासम्म भेट्न नमिल्ले बताएका छन्।

दुर्घटनामा गम्भीर घाइते पाइलट पारसकुमार राई र कोपाइलट सृजन मान्धरको लुक्लामा उपचारका क्रममा शनिबार नै मृत्यु भइसकेको छ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.