‘कार्टुन्ज क्रु’ का आश्मा र सरोज बीच पत्याउनै नसकिने सम्बन्ध !

नेपालको चर्चित डान्स गुप्र हो ‘कार्टुन्ज क्रु’ । कुनै पनि गितको कभर भिडियो बनाउनु परेमा पहिलो रोजाईमा पर्छ ‘कार्टुन्ज क्रु’ । बुढापाका देखि बच्चासम्ममा लोकप्रिय यो गुप्रले लामो समय संघर्षमा विताएको छ । संघर्षका अनेक खुट्किलाहरु पार गर्दै आएको यो गुप्रलाई मानिसहरुले त्यतिबेला नोटिस् गरे । जतिबेला “पानी पर्यो असिना झर्यो” बोलको गितमा ‘कार्टुन्ज क्रु’ ले कभर गर्यो । ओरिजिनल गितको भिडियो भन्दा कभर गितलाई मन पराउने धेरै भए । त्यसपछि “माया माया”, “नाई मलाई था छैन्”, “निर जै ले रिसाउनी” लगायतका गितमा ‘कार्टुन्ज क्रु’ ले कभर गरेको छ । आश्मा विश्वकर्मा, सरोज अधिकारी, राम गुरुङ, लाक्पा लामा, सुविन अधिकारी, विकास राई ‘कार्टुन्ज क्रु’ मा डान्स गर्दै आएका छन् ।

के छ आस्मा र सरोजको सम्बन्ध ?

‘कार्टुन्ज क्रु’ मा लिड रोलमा नाँच्दै आएकी आस्मा र सरोजको बीचमा अफयेर छ कि भन्ने सबैको अनुमान छ । यी दुईको जोडिलाई सबैले मन पनि पराएका छन् । पर्दामा निकै प्रफेक्ट देखिने भएकोले पनि आश्मा र सरोजबीच प्रेम सम्बन्ध छ, कि भन्ने जिज्ञासा आउनु स्वभाविकै हो । तर पर्दामा जस्तो भएपनि आश्मा र सरोजको सम्बन्ध पत्याउनै नसकिने खालको छ । उनीहरु पर्दामा प्रेमि प्रेमिकाको रुपमा देखिन्छन् तर रियल लाईफमा भने ‘दाई बहिनी’ हुन् । आश्माले सरोजलाई ‘दाई’ भन्ने गर्छिन् र सरोजले आश्मालाई ‘नानु’ भन्ने गर्छन् । उनीहरुबीच पर्दामा जे जस्तो सम्बन्ध भए पनि पर्दा बाहिर भने ‘दाई बहिनी’ को सम्बन्ध रहेको बताउँछन् । एक मिडियासँगको अन्र्तवार्ताका क्रममा उनीहरुले यो रहस्य खुलाएका हुन् । आश्माले अन्र्तवार्ताका क्रममा भनिन्–”मेरो र दाईको अफयेर हल्ला हुने गर्छ । तर हामी रियल लाईफमा दाई बहिनी हौँ ।” सरोज पनि भन्छन्–”हामी तिहारमा भाईटिका लगाउँछौँ, त्यस्तो सम्बन्ध केहि छैन् ।”

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.