भिखारी ठानेर शोरुमबाट गलहत्याएका थिए, लाखौं रुपैयाँ निकालेपछि चकित भए मानिसहरु

जेठ १३ – निकै पुरानो भनाई छ, ‘लुगाले कसैको औकात नाप्न सक्दैनँ’ । यो भनाई साँच्चै नै वास्तविक हो । केही समय अघि थाइल्याण्डमा एउटा यस्तो घटना घटित भएको छ, जसले यो वाक्य चरितार्थ गर्छ । एक व्यक्तिको लवाई देखेर शो रुमका मानिसहरुले उनलाई गलहत्याएका थिए । तर जब उनले आफ्नो पाकेटबाट लाखौं रकम निकाले तब देख्ने मानिसहरु जिल परे ।सोसल साइट्मा यी व्यक्तिको कहानी निकै चर्चित भइरहेको छ । यद्यपी, उनीबारे धेरै जानकारी उपलब्ध छैन ।

थाइल्याण्डको पत्रिका, सनुकका अनुसार यी व्यक्ति थाइल्याण्डको सिंग बुरी क्षेत्रस्थित ‘Maxsingburibike’ नामक शोरुममा फाटेको लुगा लगाएर पुगेका थिए । सुरुमा उनले शोरुमलाई बाहिर बाटै नियाले र त्यसको केही बेरपछि भित्र गए । शोरुमका मानिसहरुले उनलाई भिकारी सोचे ।तर जब उनले शोरुमका एक कर्मचारीसँग त्यहाँका मालिकबारे सोधे र हार्ले डेविडसन बाइक खरिद गर्ने कुरा गरे तब त्यहाँ उपस्थित सबैजना हाँस्न थाले । त्यहाँको सेल्यम्यानले उनलाई निकै बेरसम्म वास्तै गरेनन् ।आफूलाई त्यहाँका कर्मचारीले निकाल्ने कोसिस गर्नैलाग्दा ती व्यक्तिले चिच्याउँदै शोरुमका मालिकलाई बोलाए र आफ्नो सबै कुरा बताए ।

कुराकानीको १० मिनेटपश्चात् मालिकले उनलाई हार्ले डेविडसन देखाए र त्यसको मूल्य ६ लाख भाट (अर्थात् १७ लाख रुपैयाँ) ।बाइक छनोट गरेपछि ती व्यक्तिले तुरुन्त १७ लाख रुपैयाँ निकालेर बुझाए र बाइकलाई आफ्नो बनाए ।

यी व्यक्ति अचानक स्टोरका सेलिब्रिटी बने । मानिसहरुले उनलाई उनको नयाँ बाइकसँग तस्बिर खिचेर फेसबुकमा हाल्न थाले ।सनुकले दाबी गरे अनुसार उक्त व्यक्तिका बहिनीले फेसबुकमा कमेन्ट लेख्दै उनीबारे जानकारी दिएकी छिन् । बहिनीलाई उद्धृत गर्दै सनुक बताउँछ, ‘उनी वास्तवमा धनी व्यक्ति होइनन् । उनी जति साधारण रुपमा शोरुममा प्रस्तुत भएका थिए, वास्तवमा उनको पहिचान त्यही नै हो । उनी एक मेहनती व्यक्ति हुन् जसले केही समयअघि मेकानिकको जागिरबाट अवकास पाए । उनको एउटै सपना थियो हार्ले डेविडसन किन्ने । वर्षौंसम्म जम्मा गरेको पैसाले उनले आफ्नो सपना किनेका हुन् ।’केही समयपश्चात् उनी उक्त स्टोरमा बाइकलाई कस्टमाइजेसन गर्नका लागि पुनः शोरुम गएका छन् । बाइक किन्दा उनले आफ्नो पहिरनमा ध्यान दिएका थिएनन् भने यसपटक उनी शोरुममा बाइकरजस्तो भएर प्रवेश गरेका थिए, एक मुस्कान र मज्जाको चश्मासहित ।

संसारले तपाईंलाई जस्तोसुकै देखेपछि आफ्नो सपनालाई साकार तुल्याउन कहिल्यै अबेर हुँदैन भन्ने कुराको उनी ज्वलन्त उदाहरण हुन् ।ratopati

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.