गोमा एयरको विमान लुक्लामा दुर्घटना

जेष्ठ १३, २०७४- सामान बोकेर लुक्ला पुगेको गोमा एयर (समिट एयर) को कार्गो विमान तेन्जिङ हिलारी बिमानस्थलमा अवतरणको क्रममा दुर्घटनामा परेको छ । नाईन एनएकेए कल साइन भएको विमान दुर्घटनामा परी घाइते एयर होस्टेस प्रज्ञा मानन्धरलाई हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले दुर्घटना भएको जानरकारी दिंदै हावाको चापको कारण दुर्घटना भएको हुनसक्ने बताए । उनले विमान धावनमार्ग बाहिर पुगेको जानकारी दिए ।

विमान काठमाडौंबाट साढे १ बजे उडेको थियो । २ बजेर ४ मिनेटमा बिमान दुर्घटना भएको ठाकुरले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी माधव बुढाथोकीले विमानबाट क्याप्टेन र कोपाइलटलाई निकाल्ने प्रयास भइरहेको बताए । लुक्लाको मौसम खराब भएकाले उद्दारमा कठिनाइ भएको उनले बताए । मौसमका कारण अहिले लुक्लामा सबै उडानहरु रद्द गरिएको छ ।

बुढाथोकीका अनुसार दुर्घटनामा परी घाइते एयर होस्टेसको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.