भरतपुरबाट प्रचण्ड पुत्री रेणु दाहालको लागि आयो दुखद खबर, भर्खरैको मत परिणाम अनुसार आयो यस्तो नतिजा

भरतपुर – निकै चर्चामा रहेको चितवनको भरतपुर महानगरपालिकामा एमालेको अग्रता कायमै छ ।भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार रेणु दाहाल ३ हजार मतले पछि परेकी छन् । एमालेका तर्फबाट मेयरका उम्मेदवार देवी ज्ञवालीले २३ हजार २ सय ८० मत पाएका छन् । ज्ञवालीलाई पच्छाइरहेकी कांग्रेस–माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहालले २० हजार ३ सय ७८ मत ल्याएकी छन् ।

यस्तै उपमेयरमा माओवादी कांग्रेस गठवन्धनकी उम्मेदवार पार्वती शाहले २३ हजार ३ सय ९६ मत प्राप्त गर्दा एमाले उम्मेदवार दिब्य शर्मा आचार्यले २० हजार ७ सय ७१ मत प्राप्त गरेकी छन् ।

महानगरको आज मात्रै वडा नम्बर ११, २८ गणना गरिसकिएको छ । वडा नम्बर ११ मा एमालेका उम्मेदवार बाबुराम अधिकारी र वडा नम्बर २८ मा एमाले उम्मेदवार आशबहादुर कुमालले प्यानल सहित जित हात पारे । यी दुबै वडा एमालेका बलिया वडा हुन् ।

वडा नम्बर १२ मा पनि एमाले अगाडि छ । भरतपुर महानगरपालिकाका कुल २९ वडामध्ये हालसम्म १३ वटा वडाको मत गणना गरेर सकिएको छ । त्यसमध्ये एमाले वडा नम्बर २, ५, ७, ९, १०, ११, २८ र २९ मा बिजयी भएको छ भने कांग्रेसले वडा नम्बर १, ३, ६ र ८ जितेको छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.