काठमाडौं,जेठ ७ – व्यवसायीको दवाबकै कारण रोकिएको साझाबसले भक्तपुरमा गुड्ने इजाजत पाएको छ । भक्तपुरका जनताले साझा बस माग गरेपछि बस व्यवसायीले भक्तपुर प्रवेश गर्न नदिने रणनीति बनाउँदा बनाउँदै यातायात ब्यवस्थापन समितिले २० वटा साझाका बसलाई भक्तपुरको नयाँ बाटोमा मात्रै चल्ने गरी रुट इजाजत दिएको हो ।
यातायात ब्यवस्था विभाग साना ठूला सवारी कार्यालयले २० वटा बस नयाँ बाटोमा चल्न पाउने गरी अनुमति दिएको हो । साझाले यो इजाजतपाए सँगै व्यवसायीको एकाधिकार तोडिएको छ । तर, पुरानो बाटोमा रुट इजाजत दिनेबारेमा अध्ययन भइरहेको विभागले जनाएको छ । ब्यवसायीले साझालाई भक्तपुरमा प्रवेशको अनुमति दिए आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
यस्तो छ साझा गुड्ने नयाँ रुट
इजाजत पाएसँगै अब साझले स्वयम्भुबाट सीतापाइला- कलंकी- रवीभवन- सोल्टीमोड- कालीमाटी- टेकु- त्रिपुरेश्वर-सहीदगेट- सिंहदरबार- माइतिघर- बबरमहल- नयाँबानेश्वर-मीनभवनहुँदै कोटेश्वरसम्म चल्ने सबै बस नयाँबाटो हुँदै भक्तपुरको सूर्यविनायकसम्म सम्म जाने यातायात ब्यवस्था विभागका प्रवक्ता डाा. टोकराज पाण्डेले जानकारी दिए ।
साझाले कोटेश्वरबाट सानोठिमी- पुरानोठिमी- भक्तपुर हुँदै कमलविनायक भएर नयाँ बाटोमार्फत फर्किने गरी रुट मागेको थियो । तर, यो रुटमा भने साझाले अनुमति पाएन । नयाँ बाटो र पुरानो बाटोमा बस सेवा विस्तारका लागि गत चैतको सुरुवातमै भक्तपुरसम्म रुट इजाजत माग्दै साझाले यातायात ब्यवस्था विभागको साना ठूला सवारी कार्यालयमा आवेदन दर्ता गरेको थियो ।
यी हुन् हाल साझबस गुडिरहेको रुटहरु
लगनखेल, जाउलाखेल,कुपन्डोल,थापाथली, त्रिुपुरेश्वर,न्यूरोड गेट,जमल,लैनचौर, पानीपोखरी, नारायण गोपाल चोक,समाखुसी हुँदै नयाँ बसपार्कसम्म ।
त्रिभुवन विमानस्थल आन्तरिक र बाह्य टर्मिनल गेट, गौशाला,रातोपुल,कमलपोखरी,बागबजार हुँदै पुरानो बसपार्क,सहिदगेट, एनएसी,जमल,लैनचौर, ठमेल, सोह्रखुट्टे,बालाजु चोक,, वाइपास ।
कोटेश्वर,तीनकुने, मिनभवन,नयाँ बानेश्वर,माइतिघर,सिंहदरबार, सहिदगेट, त्रिपुरेश्वर,टेकु, कालिमाटी, सोल्टीमोड,कलंकी हुँदै स्वयम्भू ।
ग्वार्कोको बिएन्डबी अस्पताल,सातदोवाटो, पाटन औद्योगिक क्षेत्र, लगनखेल,जाउलाखेल, कुपन्डोल हुँदै त्रिपुरेश्वर, एनएसी,जमल,लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक हुँदै सल्लाघारी, गंगालाल अस्पताल, न्युरो अस्पताल, गोल्फुटार, हात्तीगौडा हुँदै नारायणथान
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.