नेपाल आइडलमा इन्दिराले ‘प्रेम गीत २’ मा सँगै गीत गाएका गायक नचिनेपछि

नेपाल आइडलले अहिले निकै चर्चा कमाइरहेको छ । केहि आलोचनाकाबीच प्रतिष्ठाको पहिलो आवाज खोज्ने कार्य नेपाल आइडलमार्फत जारी छ । गीत संगीतप्रति रुची भएकाहरु नेपाल आइडल बन्न लालायित देखिन्छन् ।

काठमाण्डौँ अडिसनमा त झन् आधा रातदेखि नै नेपाल आइडलमा भाग लिन सहभागिहरु आएको पाइयो । त्योसँगै यस अघि नेपाली तारा भइसकेका प्रताप लामा समेत नेपाल आइडल बन्ने लालसा बोकेर नेपाल आइडलको अडिसनमा झुल्किए ।

यस्तै, नेपाल आइडलकी एक निर्णायक इन्दिरा जोशीसँग गीत गाइसकेका गायक प्रताप दास पनि उक्त प्रतियोगितामा सहभागि भए । प्रताप नेपाली ताराको टप टेनमा पुग्न सफल भइसकेका गायक पनि हुन् ।

चलचित्र ‘प्रेमगीत २’ को मोटरसाइकलमा बोलको गीतमा सँगै आवाज भरेका उनी इन्दिराको अगाडि पुग्दा इन्दिराले नचिने जस्तो गरिन् । तर, प्रताप दासको आवाजको प्रशंसा भने खुलेरै गरिन् । प्रशंसा मात्र भएन उनलाई अर्को चरणको लागि छनोट समेत गरियो । उनीहरु दुईजनाले गाएको क्लब गीतमा प्रदिप खड्का र स्वस्तिमा खड्का देखिएका छन् । साउन १३ देखि प्रर्दशनमा आउन लागेको यस गीतको भिडियो युट्युबमा करिब ७ लाख पटक हेरिएको छ ।

हेर्नुहोस् इन्दिरा र प्रतापले संगै गाएको गीत

source:gazzabkoonline

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.