यौन सम्पर्कपछि बाथरुम छिरेर किन रुन्छन महिलाहरु ?

हालै गरिएको एक अध्ययन अनुसार महिलाहरुमा सम्भोग पछि उदासी तथा निरास भावना पैदा हुने गर्छ । अस्ट्रेलियाको क्विन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजीका आर्थर रोबर्टले गरेको सर्भेक्षण अनुसार सहमतीमै सेक्स गरिसकेपछि पनि महिलामा उदासी भावना जागृत हुन्छ । उनका अनुसार यो एक प्रकारको आम स्वास्थ्य समस्या हो । रोबर्ट र उनको टोलीले २३० जना महिलामा सर्भेक्षण गरेका थिए । त्यस क्रममा उनीहरुले पाए की निकै आनन्ददायी तथा आपसी सहमतीमै गरिएको रोमान्चक सेक्सको सत्र सकिएपछि समेत महिलाहरुमा एक प्रकारको उदासी तथा निरासीपन छाउँदछ । यस्तो भावनाका कारण महिलाहरु कहिलेकाहीँ रुन्छन् पनि । अनि यस्तो असरले ४ हप्तासम्म महिलालाई पिरोलेको हुन्छ ।

अध्ययनमा संलग्न महिलामध्ये ५ प्रतिशतले पछिल्लो एक महिनाभित्रमा आफुले यस्तो अनुभुति गरेको खुलासा गरे भने ४६ प्रतिशतले जिवनमा कम्तीमा एकचोटी आफुलाई यस्तो अनुभुति भएको बताए । सर्भेक्षणमा लिइएकी एक महिलाको कथा त निकै अनौठो पाइएको छ । उनको विवाह भएको २० वर्ष भैसकेको छ । उनी आफ्नो श्रीमानसँग नियमित रुपमा सम्भोग पनि गर्छिन् । तर सहवास गरिसकेपछि उनी प्रायः बाथरुमभित्र छिरेर एकचोटी मज्जाले रुने गर्छिन् । शोधकर्ताहरुका अनुसार सेक्सका दौरान उत्तेजना, आनन्द, चरमोत्कर्ष तथा दुखाइ जस्तै उदासी भावना पनि आम महिलाको एक स्वभाविक भावनात्मक अभिव्यक्तिको रुपमा रहेको हुन्छ । यो हरेक महिलामा हुन्छ, मात्र फरक भनेको कसैमा बढि हुन्छ त कसैमा कम । एजेन्सीको सहयोगमा

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.