नतिजा उल्टिएपछि काँग्रेसको विजय उत्सव राेकियाे

४ जेठ, काठमाडौं । बिजय उत्सव मनाउने सबै तयारी भइसकेपछि पराजित हुँदा कस्तो होला ? यस्तै भएको छ चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ४ मा ।

नेपाली काँग्रेसले वडा अध्यक्षसहित प्यानल नै जितेको प्रचार गरियो । नेता कार्यकर्ताले बिजयजुलुसका लागि एसएमएस, फोन र सामाजिक सञ्जालबाटै कार्यकर्तालाई बोलाए ।

तर अन्ततः नतिजा उल्टियो । एमालेका उमेद्बारले ७ मतले चुनाव जितेको पाइयो । त्यसपछि काँग्रेसको बिजय जुलुस रोकिएको छ । काँग्रेस कार्यकर्ताले पुनः मतगणनाको माग गरेका छन् ।

निर्वाचन कार्यालय र दलका प्रतिनिधिबीच छलफल गरेर अघि बढ्ने सहमति भएपछि अर्काे वडाको मतगणना अघि बढाइएको छ ।

यसअघि भरतपुर वडा नम्बर १ मा पनि एमालेले यस्तै तयारी गर्दा काँग्रेस १४ मतले जितेको थियो । निर्वाचन कार्यालयले भने ४ नम्बर वडाको अध्यक्षमा को बिजयी भए भन्ने बारेमा आधिकारिक जानकारी अहिलेसम्म सार्वजनिक गरेको छैन ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.