कलाकार रवि डंगोल ‘सुकु’ पक्राउ

कलाकार रवि डंगोल ‘सुकु’ पक्राउ परेका छन् । आफ्नो पसलमा म्याद गुज्रेको समान बेच्न राखेको, गुणस्तरहिन समान बेचेको आरोपमा उनलाई उनकै पसलबाट पक्राउ गरिएको हो । तर उनी साँच्चै पक्राउ परेका भने होईनन् ।

शुभ मिडिया होमको प्रस्तुतीमा निर्माण भएको टेलिचलचित्र ‘कर्मको फल’मा उनी यस्तो आरोपमा पक्राउ परेका हुन् । उनी टेलिचलचित्रमा एक कालोबजारी गर्ने ब्यापारीको भुमिकामा देखिएका छन् भने कलाकार रमेश बुढाथोकी भने सम्पूर्ण प्रक्रिया पुरा गरी ब्यापार गर्ने ब्यापारीको भुमिकामा देखिएका छन् । टेलिचलचित्रमा नियमसंगत ब्यापार गर्ने र कालोबजारी गरी नियम बिपरित ब्यापार गर्नेबिचको फरकलाई देखाईएको छ । कस्तो काम गर्यो भने कस्तो फल पाईन्छ भन्ने कुरा पनि टेलिचलचित्रमा देखाईएको छ ।

सरोज ओलीद्धारा निर्देशित चलचित्रमा रबि र रमेशका साथसाथै गौरी मल्ल, मञ्जु श्रेष्ठ, शिवहरी आचार्य, नीरज नेपाल, कमल नेपाल, बिष्णु बुढाथोकी, मुकुन्द आचार्य लगायतका कलाकारहरुको अभिनय रहेको छ । हेरौँ उक्त टेलिचलचित्र

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.