‘चितवनको भरतपुरमा प्रचण्डपुत्री रेणु दाहालले जित्ने निश्चित’ (यस्तो आयो पछिल्लो अपडेट)

भरतपुर । भरतपुर महानगरपालिकामा एमालेले अग्रता लिइरहँदा नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले भरतपुरमा काँग्रेस र माओवादी गठबन्धनले जित्ने दाबी गरेका छन् ।

मतगणनास्थलमा संचारकर्मीसँग कुरा गर्दै सभापति श्रेष्ठले तालमेल अनुसार प्रचण्ड पुत्री रेणु दाहाललाई मेयरमा मत नआए पनि धेरै भोट गठबन्धनलाई नै गएको बताए ।

चितवनमा काँग्रेसको राम्रो संगठन भए पनि माओवादीको संगठन बलियो नभएका कारण समस्या भएको उनले बताए । वडामा तालमेल नभएका कारण समस्या भएको उनको तर्क छ । बाँकी रहेका वडामा रेणुले नेतृत्व लिने उनको दाबी छ । बिहीबार मध्यान्हसम्मको मतगणना अनुसार, रेणु दाहाल झण्डै १८ सय मतले पछाडि छिन् ।

एमालेका ज्ञवालीले ६७३५ मत पाउँदा रेणुले ४९८७ मत ल्याएकी छिन् । चितवनमा मेयर र उपमेयरमा एमालेले अग्रता लिइरहेको छ । तर, वडामा भने प्रतिस्पर्धा देखिएको छ । काँग्रेसले १ र ३ नम्बर वडा जितेको छ भने एमालेले २ र ४ नम्बर वडा जितेको छ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.