भरतपुर महानगरको पकड क्षेत्रमै एमालेले पाएन उल्लेख्य मत

काठमाडौं—भरतपुर महानगरपालिकाको मतगणना भइरहँदा रोमाञ्चक परिणामहरु देखिँदै गएका छन्। पछिल्लो मतपरिणाम अनुसार वडा नं.३१ मा एमालेका वडा अध्यक्ष प्रत्यासी झिनो मतअन्तरले विजयी भएका छन्।

एमालेका वडा अध्यक्ष प्रत्यासी मानबहुदर मगर १ हजार ४९ मत ल्याएर विजयी भएका हुन्। काँग्रेस उम्मेदवारले १ हजार ७ मत पाए। तत्कालीन कविलास गाविसको यो क्षेत्र एमाले पकड मानिन्छ। यो वडाबाट एमालेले मेयरमा ठूलो संख्यामा मत अन्तर बढाउने अपेक्षा गरेको थियो।

२९ वडाको गणनापछि मेयरमा एमालेका देवी ज्ञवाली १८ हजार ७३७ का साथ अगाडि छन्। माओवादीकी रेणु दाहाल १७ हजार ५१३ पाएकी छिन्। उपमेयरमा काँग्रेसकी पार्वती शाह २० हजार २०४ मत पाएकी छिन् भने एमालेकी दिव्य दिव्य शर्मा १६ हजार मत ४७१ ल्याएकी छिन्।

वडा नं. १०, ११, १२ र २९ एमालेको पकड क्षेत्र भएका वडाहरु हुन्। देवी ज्ञवालीले विजयी हुने सम्भावना बलियो बनाउन यी वडाहरुको मतगणना सकिदा उनले रेणुले भन्दा धेरै मत ल्याएर फराकिलो अन्तरले अग्रता कायमै राख्नु पर्ने हुन्छ।

भरतपुर महानगरपालिकामा सत्तारुढ काँग्रेस र माओवादीको तालमेल छ। तालमेलपछि चितवन काँग्रेसमा देखिएको सुरुवाती असन्तोषले मत परिणाममा असर पार्छ कि पार्दैन भनेर भरतपुरको मत परिणाम प्रति धेरैको चासो छ।

कूल २९ वटा वडा रहेको भरतपुर महानगरपालिकामा ११ वटा वडाको मत परिणाम घोषणा भएको छ। नेकपा (एमाले)ले वडा नं. २, ४, ५, ७, ९ , १० र २९ गरी ६ वटा वडामा वडाध्यक्ष जितेको छ। नेपाली काँग्रेसका उम्मेद्वारले १, ३, ६ र ८ नम्बर वडामा वडाध्यक्ष जितेका छन्। अहिलेसम्म वडाध्यक्षमा माओवादी उम्मेद्वार वडा नं. ६ मा दोस्रो र अरु वडाहरुमा तेस्रो स्थानमा रहे।

भरतपुरमा काँग्रेस बलियो अवस्थामा रहेका कारण काँग्रेसलाई जाने आधाभन्दा केही बढी मत रेणु दाहाललाई आए उनले चुनाव जित्ने आँकलन छ। भरतपुरका वडा नम्बर १०, ११ र १२ एमालेको राम्रो मत भएका वडाहरु हुन्।

भरतपुरमा कुल एक लाख १२ हजार मत खसेको छ। काँग्रेस माओवादी गठबन्धनबाट भरतपुरमा मेयर पदमा उठेकी माओवादी उम्मेद्वार रेणु दाहाल प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी हुन्। काँग्रेस र माओवादीबीच केन्द्रीय तहमा तालमेल भएर मेयर पदका काँग्रेस उम्मेद्वारको उम्मेद्वारी पनि केन्द्रबाट आएकै पत्रका आधारमा फिर्ता भएको थियो।

भरतपुरमा तुलनात्मक रुपमा बलियो मानिएको काँग्रेसले मेयर पद नै फिर्ता गर्नु परेपछि जिल्लामा कार्यकर्ताहरु निकै आक्रोशितसमेत भएका थिए। पछि जिल्ला तहका नेताहरुले संयुक्त कार्यक्रम गरेर मतदाताको मन जित्ने प्रयास गरेका थिए। माओवादी अध्यक्ष दाहाल र काँग्रेस सभापछि शेरबहादुर देउवाले भरतपुरमा संयुक्त रुपमा अन्तिम चुनावी सभालाई सम्बोधन गरेका थिए।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.