देवी र रेणुको कडा टक्कर

चितवन : भरतपुर महानगरपालिकाको प्रारम्भीक मत परिणामअनुसार देवी ज्ञवाली र रेणु दाहालको कडा टक्कर देखिएको छ । नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली र कांग्रेस-माओवादी साझा उम्मेदवार रेणु दाहालबीच कडा टक्कर देखिएको हो । प्रारम्भीक मत परिणामअनुसार गणना सुरुदेखि नै ज्ञवालीको अग्रता कायमै छ । कुनै समयमा दाहालले अग्रता लिएपनि उक्त अग्रता कायम हुन सकिरहेको छैन् ।

पछिल्लो परिणाम अनुसार दाहाल ज्ञवाली भन्दा ९ सय २० मतले पछाडि हुनुहुन्छ । यही रफ्टारमा गए ज्ञवालीले नै विजय हाशिल गर्ने देखिन्छ । ज्ञवालीले १७ हजार ८ सय ६७ मत ल्याउनुभएको छ भने उहाँका निकतम् प्रतिष्पर्धी दाहालले १६ हजजार ९ सय ४७ मत पाउनुभएको छ ।
तेस्रो नम्बरमा रहेको राप्रपाले १ हजार ४ सय ३४ मत ल्याएको छ ।

भरतपुर महानगरको उपमेयरमा भने कांग्रेस-माओवादी साझा उम्मेदवार पावर्ती शाहले निरन्तर अग्रता लिइरहनुभएको छ । उहाँले १९ हजार ५ सय ६९ मत ल्याउनुभएको छ । उहाँका निकतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवारको १५ हजार ६ सय ८ मत आएको छ । राप्रपाको १ हजार ५ सय ५७ मत आएको छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.